
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको साधारण सेयर(आईपीओ) भर्ने म्याद अब दुई दिन मात्र बाँकी रहेको छ । असार १० गतेदेखि निष्काशन भएको संस्थाको उक्त सेयरमा इच्छुक आवेदकले असार १४ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् ।
हालसम्म अर्थात शुक्रबारसम्ममा २ लाख ९० हजारले उक्त सेयरमा आवेदन दिएका छन् । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साढे ३ बजेसम्ममा सो मात्राले संस्थाको सेयरको लागि आवेदन दिएका हुन् ।
सो अवधिसम्ममा लगानीकर्ताले करिब १६ करोड २७ लाख कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएकाे छ । जुन संस्थाले माग गरेको भन्दा ३६.६१ गुणा बढी आवेदन हो । संस्थाले ४४ लाख ४३ हजार २ सय कित्ता सेयर माग गरेको थियो । मागभन्दा बढी आवेदन परेसँगै संस्थाले असार १४ गतेसम्म मात्रै सेयर निष्काशन गर्ने छ ।
संस्थाले बुधबारदेखि ४४ लाख ४३ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको थियो । इच्छुक लगानीकर्ताले आगामी असार १४ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । उनीहरुले न्युनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।
सम्बन्धित समाचारः