आरएमडीसी लघुवित्तले अनाथ आश्रमलाई वितरण गर्यो राहत

<p>काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले ईटहरी उप महानगर पालिका वार्ड नं.४ स्थीत निःसहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरुको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रुपैयाँ बराबरको खाद्य लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । उक्त सामाग्री ईटहरी उ.म.न.पा. वार्ड [&hellip;]</p>


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको इटहरी शाखाले ईटहरी उप महानगर पालिका वार्ड नं.४ स्थीत निःसहाय बालबालिका सेवा आश्रमलाई राहत वितरण गरिएको छ ।

बन्दाबन्दीका कारणले अनाथ आश्रममा रहेको ४१ जना बालबालिकाहरुको आहार विहारमा परेको असहजतालाई न्यूनीकरण गर्न संस्थाले ६० हजार रुपैयाँ बराबरको खाद्य लगायतका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

उक्त सामाग्री ईटहरी उ.म.न.पा. वार्ड नं.-४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई, वडा सदस्यहरु शान्तीराम गौतम र पार्वता बराईलीको रोहबरमा संस्थाको ईटहरी शाखाका शाखा प्रबन्धक गोबिन्द प्रसाद पौडेलले आश्रमकी अध्यक्ष गीता गौतमलाई हस्तान्तरण गरेका थिए ।

आरएमडीसीको सहयोगले पक्कै पनि आश्रम संचालन तथा आश्रित बालबालिकाहरुको जीवन यापनमा केहि सहजता हुने विश्वास रहेको छ ।

Share News