सरकारले डेरी उद्योगीलाई सहयोग नगरेमा बन्द हुने

<p>काठमाडौं । सरकारले डेरी उद्योगीको समस्या हल नगरे आगामी दिनमा बन्द हुने अवस्थामा पुगेको नेपाल डेरी एसोसियसले जानकारी दिएको छ । कोरोना भाइरसको जोखिम बढेसँगै आवश्यक सामग्री मास्क, सेनिटाईजर, पञ्जा आदिको व्यवस्थासहित डब्लुएचओको मापदण्ड अनुरुप व्यवस्था नभए दुधजन्य व्यवसाय बन्द हुने डेरी एसोसियसनले जानकारी दिएको छ । विना रोकतोक दुध तथा दुधजन्य पदार्थमा संलग्न सबैलाई [&hellip;]</p>

काठमाडौं । सरकारले डेरी उद्योगीको समस्या हल नगरे आगामी दिनमा बन्द हुने अवस्थामा पुगेको नेपाल डेरी एसोसियसले जानकारी दिएको छ ।
कोरोना भाइरसको जोखिम बढेसँगै आवश्यक सामग्री मास्क, सेनिटाईजर, पञ्जा आदिको व्यवस्थासहित डब्लुएचओको मापदण्ड अनुरुप व्यवस्था नभए दुधजन्य व्यवसाय बन्द हुने डेरी एसोसियसनले जानकारी दिएको छ ।

विना रोकतोक दुध तथा दुधजन्य पदार्थमा संलग्न सबैलाई पास व्यवस्था नहुँदा व्यवसायीले समस्या झेल्नु परेको गुनासो एसोसियसनमा आउने गरे महासंचिव प्रल्हाद दाहालले बताए । ‘एक प्रदेशबाट अर्काे प्रदेशमा दुध तथा दुधजन्य पदार्थ ढुवानीमा लगाउँदा समस्या छ ’  उनले भने ।

कुनै प्रदेशले आफ्नो प्रदेशमा आयात रोक तीनै वटै सरकारको समन्वयमा कमी भएकाले यसमा समस्या देखिएको डेरी एसोसियसनको महासचिव दाहाल जानकारी दिए ।

‘सरकारले घोषणा गरेको नेपाल भरी नै दुध तथा दुधजन्य उतपादनको बजार व्यवस्थापन ३० प्रतिशत मात्र भइरहेको छ ।’ महासचिव दाहालले भने, ‘लकडाउनको अवधिका मात्र दुध तथा दुधजन्य व्यवसायमा २ अर्बको नोक्सान भएको छ भने ५ अर्ब बराबरको सामान स्टक छ ।’

Share News