काठमाडौं । गर्जियस इन्टरनेसनलले आफ्नो पर्वोत्सव अभियान ‘सप मोर, गेट मोर’ सफलतापूर्वक सम्पन्न गर्दै भाग्यशाली विजेताहरूको नाम घोषणा गरेको छ ।
काठमाडौंमा आइतबार आयोजित एक विशेष लक्की ड्र कार्यक्रममार्फत कम्पनीले विजेताहरू सार्वजनिक गरेको हो ।
गर्जियस इन्टरनेसनलअन्तर्गतका चार प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू स्केचर्स, एन्टा, जोमा र बालाबालाको सहभागितामा सञ्चालन गरिएको यस अभियानले देशभरका ग्राहकहरूलाई उत्साहजनक किनमेलको अनुभव प्रदान गरेको थियो ।
अभियानको मुख्य आकर्षणका रूपमा रहेको लक्की ड्र कार्यक्रममा इन्फ्लुएन्सर, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
लक्की ड्रमार्फत दुई जना भाग्यशाली ग्राहकले मुख्य बम्पर पुरस्कार हात पारेका छन् ।
जसअनुसार प्रथम विजेता भानु एले आकर्षक टीभीएस रोनिन मोटरसाइकल जित्न सफल भएका छन् भने दोस्रो विजेता राजकुमार सापकोटाले टीभीएस एनटर्क स्कुटर प्राप्त गरेका छन् ।
मुख्य पुरस्कारका अतिरिक्त अन्य भाग्यशाली सहभागीहरूलाई समेत आकर्षक उपहार ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले अभियान सफल बनाउन निरन्तर सहयोग, विश्वास र सहभागिता जनाउने सम्पूर्ण ग्राहक, सञ्चारमाध्यम तथा इन्फ्लुएन्सरहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
आगामी दिनमा पनि ग्राहकहरूका लागि यस्तै रोमाञ्चक योजना, आकर्षक उपहार तथा उत्कृष्ट किनमेल अनुभव ल्याउन प्रतिबद्ध रहने गर्जियस इन्टरनेसनलले जनाएको छ ।