एकैदिन तोलामै १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य

सुन २ लाख ४५ हजारमा झर्‍यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ । एकैदिन सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदी २२५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ ।

Share News