
काठमाडौं । कृषि क्षेत्रमा हाल २ अर्ब ९१ करोड ४२ लाख ९० हजार रुपैयाँको सहयोगमा ८ आयोजना सञ्चालन भईरहेको छ ।
किसान तथा खाद्य सुरक्षा आयोजना, साना तथा मझौता कृषक आयस्तर बृद्धि परियोजना, नेपाल कृषि सेवा विकास कार्यक्रम, नेपाल कृषि बजार विकास कार्यक्रम, जलवायु प्रकोप समाधान निर्माण आयोजना, समुदाय व्यवस्थित सिञ्चित कृषि क्षेत्रको आर्यक्रम, रानीजमरा कुलेरिया सिँचाई आयोजना र एनएलएसआईपी जस्ता आयोजना सञ्चालन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि विकास महाशाखाका सहसचिव तथा प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार ती आयोजना वैदेशिक अनुदान ५० प्रतिशत, वैदेशिक ऋण ३६ प्रतिशत र नेपाल सरकारको १२ प्रतिशत लगानीमा संचालन हुँदै आएका छन् ।
नेपालमा पछिल्लो समय कृषि क्षेत्रमा वैदेशिक लगानी क्रमशः बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । विगत ६ वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७०/७१ मा ५ अर्ब ३६ करोड ५१ लख ९७ हजार, २०७१/७२ मा ६ अर्ब ३५ करोड २१ लाख १४ हजार, २०७२/७३ मा ६ अर्ब ८५ करोड ९८ लाख ६४ हजार, २०७३/७४ मा ७ अर्ब २५ करोड ४८ लाख ८० हजार, २०७४/७५ मा ७ अर्ब ४५ करोड १२ लाख २७ हजार रुपैयाँका कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिएको छ ।
कूल जनसंख्याको करिब ६३ प्रतिशत जनता कृषि क्षेत्रमा आबद्ध रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्रार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २६.९८ प्रतिशत योगदान रहेको अनुमान रहेको छ भने गत वर्ष २७.५९ प्रतिशत रहेको थियो ।
मन्त्रालयका अनुसार नेपालमा ७ लाख हेक्टर खेतीयोग्य जमिन रहेको छ । प्रत्येक वर्ष ६ लाख मेट्रिक टन चामल आयात हुँदै आएको छ भने गतवर्ष कृषि क्षेत्रमा वृद्धिदर २.७ प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षमा लगभग ५.१ प्रतिशतले वृद्धिदर रहेको प्रवक्ता सुवेदीले बताए ।
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका सरकारी वैदेशिक सहयोगले मुख्य भूमिका निर्वाह गरेको उनले बताए । उनले भने– ‘दुई दशकको कृषि क्षेत्रको सर्वेक्षणलाई हेर्ने हो भने औसत ३.२ प्रतिशत उत्पादनमा वृद्धि भएको छ ।’
सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रमा १२ अर्ब बजेट विनियोजन गरेको थियो । हाल नेपालमा कुल वस्तु आयात हुँदै आएकोमा १४.६ प्रतिशत कृषि उत्पादन हो भने सोही अवधिमा कूल वस्तु निर्यातको ३१.१ प्रतिशत कृषि वस्तु मात्र निर्यात भएको छ ।
चालु आवमा वैदेशिक सहयोगमा सञ्चालित ८ आयोजना र बजेटः
