कोटेश्वरको तीनमुखे सुरुङबाट जाइका आउट, सरकारले आफैं बनाउने

<p>काठमाडौं । कोटेश्वरमा निर्माण हुने तीनमुखे सुरुङबाट जापान सहयोग नियोग(जाइका) आउट भएको छ । ढिलो काम गर्ने कार्यशैलीका कारण सरकारले जाइकालाई विस्थापित गरी आफैं अध्ययन र निर्माण गर्ने सोँच बनाएको हो । ‘जाइकाको काम गर्ने शैली ढिलो छ, हामीलाई ढिलाई गर्ने सुविधा छैन्’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर सहासेठले भने । उनले सडक विभाग [&hellip;]</p>

काठमाडौं । कोटेश्वरमा निर्माण हुने तीनमुखे सुरुङबाट जापान सहयोग नियोग(जाइका) आउट भएको छ । ढिलो काम गर्ने कार्यशैलीका कारण सरकारले जाइकालाई विस्थापित गरी आफैं अध्ययन र निर्माण गर्ने सोँच बनाएको हो । ‘जाइकाको काम गर्ने शैली ढिलो छ, हामीलाई ढिलाई गर्ने सुविधा छैन्’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर सहासेठले भने ।
उनले सडक विभाग मार्फत अध्ययन अघि बढेको र सोही प्रतिवेदन अनुसार कोटेश्वरमा अण्डरपास निर्माण हुने बताए । ‘कोटेश्वरमा ३ मुखे सुरुङ आफैं बनाउने हो, कलंलकीमा तल मात्रै गाडी गुड्छन्, यहाँ भने सुरुङ मार्ग जसरी तल–माथी दुबै ठाउँमा गाडी गुडाउन मिल्छ’, मन्त्री महासेठले भने । जडिबुटीबाट आरम्भ हुने सुरुङ मार्ग तीनकुनेमा टुंगिनेछ । तीनकुनेबाट एउटा मुख एयरपोर्टतर्फ फर्केको हुनेछ भने अर्काे शान्तिनगरतर्फ खुल्नेछ । यो सुरुङको माथी पनि गाडी गुड्नेछ ।

जाइकाले अध्ययन मै ढिलाई गरेपछि सरकारले आफैं अध्ययन अघि बढाएको हो । सरकारले आगामी आर्थिक वर्षमा यो सुरुङ मार्गको अध्ययन सम्पन्न गरेर निर्माण कार्य अघि बढाउने बजेट वक्तव्यमै उल्लेख गरेको छ । सरकारले त्यसबाहेक नयाँ बानेश्वरमा अण्डर पास निर्माण गर्ने योजना समेत अघि सारेको छ । त्यस्तै, त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभर बनाउने समेत भनेको छ । यो फ्लाई ओभरको भने जापान सहयोग नियोग(जाइका)ले अध्ययन गरिसकेको छ ।

सरकारले आगामी आर्थिक वर्षमा देशभरका बिभिन्न स्थानमा सुरुङ मार्गहरुको अध्ययनका लागि ६९ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ । सो बजेटले टोखा-छहरे-गुर्जे भञ्ज्याङ, खुर्काेट-चियाबारी, विपिनगर-खुटिया-दिपायल, थानकोट-चित्लाङ र लामाबगर-उत्तरी सिमा सडक खण्डमा सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन हुनेछ । सरकारले नागढुंगा-नौबिसे सुरुङ मार्ग र सिद्धबाबाको सुरुङमार्ग निर्माण कार्य आगामी आर्थिक वर्षदेखि नै आरम्भ गर्न लागेको छ ।

Share News