आन्तरिक राजश्वले बक्यौता कर नतिर्ने ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने

<p>काठमाडौँ । आन्तरिक राजश्व कार्यालय जनकपुरले ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने भएको छ । कार्यालयले विहीबार बक्यौता कर दाखिला गर्ने सम्बन्धी सूचना प्रकाशित गरी कारोबार रोक्का गर्ने चेतावनी दिएको हो । राजश्व कार्यालयका अनुसार यसरी बक्यौता कर नतिर्नेमा निर्माण कम्पनी, इञ्जिनियरिङ वर्कसप, ईँटा उद्योग, समिल÷फर्निचर उद्योग, सञ्चारमाध्यम, चिनि मिल लगायतका व्यवसायकि फर्म छन् । [&hellip;]</p>


काठमाडौँ । आन्तरिक राजश्व कार्यालय जनकपुरले ६३ व्यवसायिक फर्मको कारोबार रोक्का गर्ने भएको छ । कार्यालयले विहीबार बक्यौता कर दाखिला गर्ने सम्बन्धी सूचना प्रकाशित गरी कारोबार रोक्का गर्ने चेतावनी दिएको हो । राजश्व कार्यालयका अनुसार यसरी बक्यौता कर नतिर्नेमा निर्माण कम्पनी, इञ्जिनियरिङ वर्कसप, ईँटा उद्योग, समिल÷फर्निचर उद्योग, सञ्चारमाध्यम, चिनि मिल लगायतका व्यवसायकि फर्म छन् ।

सर्लाही, धनुषा, सिन्धुली र महोत्तरी जिल्लाका करदाता कम्पनीहरुले लामो समयदेखि बक्यौता कर नतिरेको राजश्व कार्यालयले जनाएको छ । विभिन्न मितिमा बक्यौता तिर्न अनलाइन म्यासेज, पत्राचार तथा फोन सम्पर्क गरी जानकारी गराउँदा समेत हालसम्म नतिरेका हुन् ।

राजश्व कार्यालयले ७ दिन भित्र आ-आफ्नो नाममा कायम रहेको बक्यौता रकम दाखिला वा दाखिला गरिसकेको भए प्रमाण पेश गर्न भनेको छ । तोकिएको अवधिभित्र बक्यौता रकम दाखिला वा दाखिला गरिसकेको प्रमाण पेश हुन नआएमा आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्म र मूल्य अभिबृद्धी कर ऐन २०५२ को दफा २१ तथा नियमावली २०५३ को नियम ५२ र ५३ बमोजिम कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्कासम्म गरेर बक्यौता उठाइने जनाएको छ ।

Share News