काठमाडौं । उपत्यका कै प्रशिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस आर्टकोरले दरबारमार्गको टाइमस स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट सञ्चालनमा ल्याएको छ । एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस आर्टकोरलाई दरवारमार्गमा सेवा बिस्तार गर्न उत्प्रेरित गरेको हो ।
पिन्चेस आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ, कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
पिन्चेस आर्टकोर प्रा.लि.को फाउण्डर तथा सीईओ श्रेय जोशीले भनिन्–‘हामी दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुशी छौं । छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु ।’
पिन्चेस आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलिमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पुर्याउँदै आइरहेको छ