नेपाल इटाली उवा संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित

<p>काठमाडौँ । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा मंगलबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छन् । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका छन् । नेपाल तथा इटाली [&hellip;]</p>


काठमाडौँ । नेपाल इटाली उद्योग वाणिज्य संघको काठमाडौंमा मंगलबार सम्पन्न ५ औं वार्षिक साधारण सभाबाट नवराज ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएका छन् । संघका पदाधिकारीहरुमा विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल, सचिव मनोज श्रेष्ठ भडेल चयन भएका छन् ।

नेपाल तथा इटाली वीचको आर्थिक, व्यापारिक, पर्यटन लगानीका लागि नेपाल इटाली उद्योग वाणिज्य संघको स्थापना भएको हो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नवराज ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने कुरा बताए ।

इटालीका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए ।

कार्य समिति सदस्यमा अनिलदास श्रेष्ठ, कमलराज विष्ट, किसान सुनार, कृष्ण पौडेल, तीर्थ रोका, विनोद बस्नेत, विनोद सग्तानी, बासुमाया तमाङ्ग, विना प्याकुरेल, युगेश वादेश्रेष्ठ, सुमितकुमार वंशल, शम्भुकुमार लामा, शुसिल जैन, सञ्जय अग्रवाल, सुनिल शर्मा र राजेन्द्र बराल निर्वाचित भएका छन् ।

Share News