परिसंघ प्रतिनिधिद्वारा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषदका उच्च पदाधिकारीहरुसँग भेट

<p>काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वमा चीनमा गएको प्रतिनिधि मण्डलले चीनको डालियान आयोजित विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सक्रिय सहभागिता जनाएको छ ।  प्रतिनिधि मण्डलले डालियानमा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् डालियानका अध्यक्ष सिउति सहित त्यसका पदाधिकारीहरुसँग भेटघाट गरेको छ । भेटमा संस्थागत सहकार्य सुदृढ गर्दै द्विपक्षीयव्यापार विस्तार लगायतकाविषयमा छलफल भएको [&hellip;]</p>

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वमा चीनमा गएको प्रतिनिधि मण्डलले चीनको डालियान आयोजित विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा परिसंघको सक्रिय सहभागिता जनाएको छ ।  प्रतिनिधि मण्डलले डालियानमा चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद् डालियानका अध्यक्ष सिउति सहित त्यसका पदाधिकारीहरुसँग भेटघाट गरेको छ । भेटमा संस्थागत सहकार्य सुदृढ गर्दै द्विपक्षीयव्यापार विस्तार लगायतकाविषयमा छलफल भएको छ ।

साथै, आगामी सेप्टेम्बरमा हुने नेपाल पूर्वाधार शिखर सम्मेलनमा सक्रिय सहभागिताका लागि पनि चीनबाट उच्चस्तरीय प्रतिनिधि मण्डललाई निमन्त्रणा गरेको छ । चीनको अन्तराष्ट्रियव्यापार प्रवद्र्धन परिषदसँग परिसंघको संस्थागत सम्बन्ध विस्तार भइरहेकोले चिनियाँ लगानी विस्तारमा यो भेटको उच्च महत्व रहेको छ ।

त्यस्तै, मित्रराष्ट्र बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउनु भएका ऊर्जा राज्यमन्त्री नसरुल हमिदसँगपनि भेटघाट गरेको छ । सो भेटमा नेपाल र बंगलादेश बीचऊर्जा सम्झौता भएको सन्र्दभमा नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानीको वातावरण बनाउने सम्बन्धमा छलफल भएको छ ।

विश्व आर्थिक मञ्चको डालियान सम्मेलनमा भाग लिन परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा परिसंघका उपाध्यक्षद्वय अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल त्यसतर्फ गएका थिए ।

Share News