नेपाली जुत्ता घरको समर सेल अफर, ‘एसईई उत्तीर्ण विधार्थीलाई छात्रबृत्ति प्रदान गरिने’

<p>काठमाडौं । नेपाली जुत्ताघरले २०७५ सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम तथा समर शेल अफर ल्याएको छ । नेपाली जुत्ता उद्योगबाट गुणस्तरीय जुत्ता निश्चित समयका लागि १५ देखि ५० प्रतिशतसम्म छुट र तीन सय देखि विशेष सहुलियत सहित बिक्री खरिदको व्यवस्था गरेको हो । यस योजना ग्राहकहरुले नेपाली विद्यार्थीको जुत्ताघर मार्फत जुुनसुकै ब्राण्डको [&hellip;]</p>

काठमाडौं । नेपाली जुत्ताघरले २०७५ सालमा एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति कार्यक्रम तथा समर शेल अफर ल्याएको छ । नेपाली जुत्ता उद्योगबाट गुणस्तरीय जुत्ता निश्चित समयका लागि १५ देखि ५० प्रतिशतसम्म छुट र तीन सय देखि विशेष सहुलियत सहित बिक्री खरिदको व्यवस्था गरेको हो । यस योजना ग्राहकहरुले नेपाली विद्यार्थीको जुत्ताघर मार्फत जुुनसुकै ब्राण्डको जुत्ताचप्पल खरिद गर्दा लक्की ड्र कुपन मार्फत छुट हुनेछ ।

सोमबार आयोजित कार्यक्रममा बोल्दै नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायले बिक्री भएको जुत्तामा प्रतिजोर २ रुपैयाँ संकलन गरी शैक्षिक छात्रवृत्ति अक्षयकोषको स्थापना गर्न तयारी रहेको बताए । उक्त कार्यक्रमका प्रमुख अतिथि एफएनसीसीआईका उपाध्यक्ष उमेशलाल श्रेष्ठले उत्पादित जुत्ता राम्रोे र नयाँ डिजाईनमा निर्माण गर्नुपर्नेमाा जोड दिए ।

यस्तो छ छात्रवृत्ति योजना
जुत्ता किन्दा पाइने कुपनमा लक्की ड्र विजेतो छात्रबृति पाउने छन् । पहिलो हुनेले नगद ५० हजार, दोश्रोले २५ हजार, तेश्रोले १० हजार र सान्त्वना स्वरुप दुईजोर ड्रेस जुत्ता २० जनालाई उपलब्ध गराउने नेपाली जुत्ता घरले जनाएको छ ।

समर शेल अफरमा ५० हजार जोर जुत्ता चप्पल बिक्री गर्ने
उपत्यकाको नेपाल जुत्ता घरको जमल, महाराजगञ्ज, कुमारीपाटी, बुद्धमल बालाजु स्थित आफ्नै बिक्री कक्षमा आजदेखि स्टक रहुन्जेलसम्म यो योजना सञ्चालन हुनेछ ।

नेपालका चर्चित ब्रान्ड, शिखर शुज, बिएफ डियरहिल शुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच शुज, लेदर विङ्गस, टाकुरा शुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० वटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री वितरण हुनेछन् ।

उक्त समर शुज मेलामा करिब १ लाख ५० हजारको हाराहारीमा अवलोकन गर्न आउने र ४० देखि ५० हजार जोर जुत्ता चप्पल बिक्री गर्ने कम्पनी लक्ष्य रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

Share News