बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाको मोबाइल बीमा सेवा बिस्तार

<p>काठमाडौँ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यकाबाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीनशहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखाबिस्तार गरी सेवा सुरु गरेकोे हो । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ । मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका [&hellip;]</p>

काठमाडौँ । मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यकाबाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीनशहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखाबिस्तार गरी सेवा सुरु गरेकोे हो । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पुर्याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा बीरगञ्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवाबिस्तार गरिएको बताए । यस अघि नै चितवन र बीरगञ्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र बिराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए ।

सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइलप्रयोगकर्ता मेरो सुरक्षाको मोबाइलप्रोटेक्शनप्लानमा आवद्ध भईसकेका छन् । दैनिक दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवापनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँमोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँमोबाइल सेट उपलब्ध गराइनेछ । कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटा सहितमर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् ।

मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र मेरो सुरक्षाले नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवामोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ । यो सेवापाउनकालागि सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले गुगल प्लेस्टोर तथाएप्पलको एप स्टोरबाट मेरो सुरक्षाको मोबाइलएप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।

Share News