खाद्य प्रविधिका महानिर्देशकसहित १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा, २४ करोड घोटाला गरेको आरोप

<p>काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेत १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनाको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै महानिर्देशक कर्णसहित १३ जना विरुद्ध बिशेष अदालत काठमाडौंमा मद्धा दायर गरेको हो । परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिदै [&hellip;]</p>

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीव कुमार कर्णसमेत १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनाको खरिद प्रकरणमा भ्रष्टाचार गरेको ठहर गर्दै महानिर्देशक कर्णसहित १३ जना विरुद्ध बिशेष अदालत काठमाडौंमा मद्धा दायर गरेको हो ।

परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिदै नगरि बिल भुक्तानी गरेर २४ करोड ८० लाख ९५ हजार एक सय १६ रुपैंयाँ अनियमितता गरेको अख्तियारको ठहर छ ।

अख्तियारले महानिर्देशक कर्ण, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव (लेखा) गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरि प्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मण प्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल विरुद्ध मुद्धा दायर गरेको हो ।
सप्लायरकाका प्रतिनिधि प्रविण कुँवर विरुद्ध पनि मुद्धा परेको छ ।

Share News