
काठमाडौं । पुँजी बजारको सुधारको लागि भन्दै सरोकारालाहरुले नेपाल धितोपत्र बोर्डमाथि सम्बद्ध पक्षहरुले दुई दर्जनभन्दा बढी सुझावहरु दिएका नेपाल धितोपत्र बोर्डको नयाँ आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गर्न आयोजित कार्यक्रममा बोर्डमाथि पुँजीबजारसँग सम्बन्धित विज्ञहरु, लगानीकर्ता प्रतिनिधिहरु, ब्रोकर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङ एजेन्सी, म्युचुअल फण्ड, तथा संस्थागत लगानीकर्ताका प्रतिनिधिहरुले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए ।
सुझावका क्रममा नेपालको शेयर बजारलाई थप विस्तारित गराउने सन्दर्भमा संरचनागत सुधार र सूचना प्रवाह एकरुपताको लागि बोर्डले काम गर्नुपर्ने विषयमा जोड लिइएको थियो । कार्यक्रममा सुझाव प्रस्तुत गर्दै विज्ञहरुले सरकारी निकायहरुको नीतिनियममा एकरुपता नभएको भन्दै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति लगायतका निकायहरुको समन्वय तथा नीतिगत स्थिरतामा जोड दिएका छन् ।
त्यस्तै, विज्ञहरुले स्वार्थ बाझिने समूहहरुलाई नीतिगत निर्णयबाट टाढा राख्नुपर्ने, भित्री कारोबार रोक्न सूचना प्रविधि प्रभावकारी र पर्याप्त हुनुपर्ने, विभिन्न क्षेत्रको रिपोर्टिङ सिस्टममा एकरुपता आउनुपर्ने, संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने लगायतका सन्दर्भमा सुझाव प्रस्तुत गरेका थिए ।
शेयर बजारका सूचनाहरुकाे प्रवाह िवश्वसनीय र प्रभावकारी बनाउन प्रेस काउन्सिलसँग मिलेर बाेर्डले काेड अफ कन्डक्ट बनाएर लागु गर्ने सन्दर्भमा समेत उनीहरुले सुझाव दिएका थिए ।
कार्यक्रममा लगानीकर्ता संघका प्रतिनिधिहरुले बोर्ड तथा धितोपत्र बजारका सम्बन्धित निकायले अर्थ मन्त्रालयले गठन गरेको समितिले बुझाएको ५८ बुँदे सुझावको बाँकी काम पूरा गर्न जोड दिए । त्यस्तै, शेयर बजारमा तालिम दिनेहरुको योग्यता निर्धारण गरी लाइसेन्स दिनसमेत बोर्डले नीति ल्याउनुपर्ने माग गरिएको छ ।
गत वर्षकाे कार्यक्रममा उल्लेखित महत्वपूर्ण कार्यक्रमहरुकाे कार्यान्वयन नभएकाे भन्दै केही सुझावकर्ताहरुले कार्यान्वयन पक्ष वलियाे बनाउन समेत सुझाव दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सम्बन्धित पक्षहरुको सुझाव समेटेर बोर्डले नीति तथा कार्यक्रम ल्याउने र कार्यान्वयनमा समेत सुभार गर्ने प्रतिवद्धता व्यक्त गरे ।