होटल मेरियटले पायो ५ तारेको अनुमति, अब ५ तारेको संख्या १४ पुग्यो

<p>काठमाडौं । होटल मेरियट स्तरोन्नति भएपछि नेपालमा ५ तारे होटलको संख्या १४ पुगेको छ । एभरेष्ट हस्पिटालिटी एण्ड होटल ग्रुपले संचालनमा ल्याएको उक्त होटलले सोमबार पर्यटन विभागबाट ५ तारे होटल स्तरोन्नतिको अनुमति पाएको हो । उक्त होटल गत वैशाख १ गतेदेखि संचालमा आएपनि सो अनुमति पाएको थिएन । होटल संचालमा आएपछि स्तरोन्नतिको लागि आएको आवदेनलाई [&hellip;]</p>

काठमाडौं । होटल मेरियट स्तरोन्नति भएपछि नेपालमा ५ तारे होटलको संख्या १४ पुगेको छ ।

एभरेष्ट हस्पिटालिटी एण्ड होटल ग्रुपले संचालनमा ल्याएको उक्त होटलले सोमबार पर्यटन विभागबाट ५ तारे होटल स्तरोन्नतिको अनुमति पाएको हो ।

उक्त होटल गत वैशाख १ गतेदेखि संचालमा आएपनि सो अनुमति पाएको थिएन । होटल संचालमा आएपछि स्तरोन्नतिको लागि आएको आवदेनलाई विभागले निरिक्षण पछि सो अनुमति दिएको हो । होटलमा २१५ वटा कोठाहरू रहेका छन् ।

५ वर्षअघि निर्माण कार्य शुरु गरेको उक्त होटलमा ३ अर्बभन्दा बढी लगानी रहेको छ । अब होटलले सहजै डलरमा कारोबार गर्न पाउनुका साथै सवारी साधनमा पर्यटन सेवामा प्रयोग हुने हरियो नम्बर प्लेट र होटलमा प्रयोग हुने सामानमा ५ प्रतिशत भन्सार छुट पाउने छन् ।

अन्तर्राष्ट्रिय पहिचान बोकेको मेरियट ब्राण्डले होटल व्यवस्थापनको जिम्मा लिएको छ । १२ तले होटलमा दुईतला अन्डर ग्राउन्ड, चारवटा रेष्टुरेन्ट, बार, ब्याङ्कवेट, मिटिङ हल, आधुनिक स्वास्थ्य क्लव, साउना, ज्याकुजी, मसाज, रिक्रियसन सेन्टर, स्वीमिङ पुल लगायतका सुविधाहरू रहने बताइएको छ । काठमाडौंको नक्सालमा स्थापना भएको होटल मेरियट अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट सेवाहरु प्रदान गर्दै आएको छ ।
होटल मेरियटले ५ तारेको लोगो पाएपछि काठमाडौंमा यस्ता होटलको संख्या १० वटा पुगेको छ । काठमाडौं बाहिर चार वटा ५ तारे होटल संचालनमा रहेपनि पोखराको फूलबारी रिसोर्ट र काठमाडौंको एभरेष्ट भने हाल बन्द छ ।

Share News