न्यूरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ, पार्ककेटीएम एपबाट बुक गर्न सकिने

<p>काठमाडौँ । काठमाडौँको न्यूरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ शुरु भएको छ । केही दिनदेखि परीक्षण गरिंदै आएको स्मार्ट पार्किङको आज बिहान काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् । त्रिभुवनको सालिकदेखि दायाँ र बायाँ पर्किङ गर्न सकिन्छ । पार्ककेटीएम एप बाट बुक गर्न सकिन्छ, बुक गरेको १५ मिनेटमा सवारी साधन पुगिसक्नु पर्नेछ । अन्यथा अर्कैले [&hellip;]</p>


काठमाडौँ । काठमाडौँको न्यूरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ शुरु भएको छ । केही दिनदेखि परीक्षण गरिंदै आएको स्मार्ट पार्किङको आज बिहान काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

त्रिभुवनको सालिकदेखि दायाँ र बायाँ पर्किङ गर्न सकिन्छ । पार्ककेटीएम एप बाट बुक गर्न सकिन्छ, बुक गरेको १५ मिनेटमा सवारी साधन पुगिसक्नु पर्नेछ । अन्यथा अर्कैले बुक गर्नेछन् ।

सो स्थलमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधान पार्किङ गर्न सकिन्छ । रियल टाइम बिलिङ हुन्छ, त्यस्को रेकर्ड महानगर को सर्भरमा रहने छ । दिनभर पार्किङ गर्ने परिपाटी अन्त्य गर्न स्मार्ट पार्किङ शुरु गरेको मेयर शाक्यले बताए । कार्यक्रममा उप मेयर हरिप्रभा खड्गी भने सहभागी भइनन् ।

न्यूरोड क्षेत्रका ५ स्थानमा स्मार्ट पार्किङको व्यवस्था रहेको पार्किङ सञ्चालक कम्पनी ह्वील्स ट्रुलीयोर्सले जनाएको छ । कम्पनीका आइटी कोअर्डिनेटर हरिश अग्रवालका अनुसार रामेश्वरम, विशालबजार, खिचापोखरी, धर्मपथ र पाकोमा स्मार्ट प्रणाली उपलब्ध हुने जनाइएको छ ।
यी स्थानमा ८०० बाइक र ६० वटा गाडी पार्किङ गर्ने क्षमता रहेको छ । बाइकका लागि प्रतिघण्टा २५ रुपैयाँ र गाडीको लागि प्रतिघण्टा ८० रुपैया शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

१५ दिन भित्रै दरबारमार्गमा पनि स्मार्ट पार्किङ
यता, दरबारमार्गमा समेत स्मार्ट पार्किङ सञ्चालनको तयारी भएको छ । कम्पनीका अनुसार १५ दिन भित्र उक्त स्थानमा पार्किङ सञ्चालन हुनेछ । त्यहाँ ३५ वटा गाडी र १५० बाइक पार्किङ गर्न सकिने छ ।

९० लाखको लगानी
काठमाडौँ महानगर र कम्पनीको सम्झौता अनुसार स्मार्ट पार्किङबाट उठेको शुल्क १० देखि १५ प्रतिशत सम्म कम्पनीले राख्नेछ । बाँकी व्यवस्थापकीय खर्च कटाएर महानगरले पाउनेछ । न्यूरोड र दरबारमार्गमा स्मार्ट पार्किङ सञ्चालन गर्न ९० लाख लगानी गरिएको छ ।

Share News