सामन्तवाद ढाल्न गुठी बिधेयक ल्यायौंः सरकार

<p>काठमाडौं । सरकारले सामन्तवाद ढाल्नका लागि गुठी विधेयक ल्याएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले गुठीहरुमा सामन्तवादको अवशेष रहेकाले त्यसको समुल अन्त्य गर्नका लागि विधेयक ल्याएको स्पष्ट पारेका हुन् । ‘गुठीहरुमा सामन्तवादी उत्पादन प्रणाली र समाजिक सम्बन्धहरु कायमै छन्, त्यसलाई ढाल्न नयाँ विधेयक [&hellip;]</p>

काठमाडौं । सरकारले सामन्तवाद ढाल्नका लागि गुठी विधेयक ल्याएको बताएको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोँकुल बास्कोटाले गुठीहरुमा सामन्तवादको अवशेष रहेकाले त्यसको समुल अन्त्य गर्नका लागि विधेयक ल्याएको स्पष्ट पारेका हुन् ।

‘गुठीहरुमा सामन्तवादी उत्पादन प्रणाली र समाजिक सम्बन्धहरु कायमै छन्, त्यसलाई ढाल्न नयाँ विधेयक ल्याएका हौं’, मन्त्री बास्कोटाले भने । उनले गुठी विधेयकमा सांस्कृतिक परम्पराहरुको निरन्तरताको सवाल उठाउँदा हजारौं किसानहरुको मुद्धालाई बिर्सन नहुने पनि बताए ।

यद्यपी उनले उपत्यकाका गुठी र उपत्यका बाहिरका गुठीबारे भने छुट्टा छुट्टै व्यवस्था गर्न सकिने जानकारी पनि गराए । ‘धार्मिक र सांस्कृतिक परम्परासँग जोडिएका उपत्यकाका गुठीहरुका लागि छुट्टै व्यवस्था गर्न सकिन्छ, यसरी संसार उल्टियो भनेर बिरोध गर्नु आवश्यक छैन’, मन्त्री बास्कोटाले भने ।

Share News