कास्कीको रुपा गाउँपालिकामा सनराइज बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौँ । सनराइज बैंकले रुपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता: सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं, सनराइज बैंकले जेठ २६ गते रुपा गाउँपालिका वडा नं. २, थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रमको सुरुवात रुपा गाउँपालिका अध्यक्ष [&hellip;]</p>

काठमाडौँ । सनराइज बैंकले रुपा गाउँपालिका र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकारको ‘समृद्धिसँग जोडौँ नाता: सबै नेपालीको बैंक खाता ‘ अभियानलाई निरन्तरता दिदैं, सनराइज बैंकले जेठ २६ गते रुपा गाउँपालिका वडा नं. २, थुम्कीमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रमको सुरुवात रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र स्कुल अफ बिजनेस, पोखरा विश्वविध्यालयका डाइरेक्टर डा. रवीन्द्र घिमिरेले गरेका थिए ।

Share News