काठमाडौँ । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाली उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले राजधानीको कान्तिपथमा आफ्नो पहिलो र भव्य शोरुमको उद्घाटन गरेको छ ।
बुधबार शुभारम्भ गरिएको बाल्ट्राको शोरुमलाई नेपालकी चर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी हुन् । बाल्ट्राका उत्पादनहरुको विभिन्न रेञ्ज रहेको उक्त शोरुमबाट ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्ने छन् ।
ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।