नेपालको स्वीजरल्याण्डमा ६ अर्बको ‘इकोलोजी पार्क’, बन्ला त जिरी पर्यटन गन्तव्य ?

<p>जिरी । नेपालको स्वीजरल्याण्ड मानिने जिरीमा ६ अर्ब खर्चेर टोनी हेगन इकोलोजी पार्क बन्दैछ । स्वदेशी तथा विदेशी पर्यटनलाई जिरीसम्म आर्कषण गर्न ताइवानी धर्म गुरु खेम्पो नवाङ नुरुले पार्कको गुरुयोजना बनाएर निर्माण कार्य अघि बढाएका हुन् । पार्क निर्माणको लागि नेपाल सरकारले ७५ रोपनी जग्गा उपलब्ध गराएको छ । पार्क निर्माण गर्दा जग्गा नपुग भएमा आवश्यक [&hellip;]</p>

जिरी । नेपालको स्वीजरल्याण्ड मानिने जिरीमा ६ अर्ब खर्चेर टोनी हेगन इकोलोजी पार्क बन्दैछ । स्वदेशी तथा विदेशी पर्यटनलाई जिरीसम्म आर्कषण गर्न ताइवानी धर्म गुरु खेम्पो नवाङ नुरुले पार्कको गुरुयोजना बनाएर निर्माण कार्य अघि बढाएका हुन् ।

पार्क निर्माणको लागि नेपाल सरकारले ७५ रोपनी जग्गा उपलब्ध गराएको छ । पार्क निर्माण गर्दा जग्गा नपुग भएमा आवश्यक जमिन उपलब्ध गराउन सकिने जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले बताए । ‘प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा उक्त पार्क निर्माण कार्य अघि बढेको हो, उनले भने- ‘ हामी जिरीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियानमा जुटेका छौं ।

पार्कमा गुरु पद्म सम्भवको विश्वकै अग्लो प्रतिमा, बौद्ध गुम्बा, मेडिटेशन हल, आश्रमसहितको संरचना बनाउने गुरुयोजनामा उल्लेख छ । अबको तीन वर्षमा सम्पन्न हुने योजना सहित पार्क निर्माण कार्य अघि बढाइएको प्रमुख जिरेलले बताए । पिकनिकस्थल, पोखरी, झरनासहित प्रकृतिको मनोरम दृष्य रह्ने पार्कमा बोटबिरुवादेखि जनावर, चराचुरुङ्गीको समेत संरक्षण हुनेछ । सातवटा पार्क सहितको वनले ६ सय रोपनी क्षेत्रफल ओगट्ने छ ।

प्रमुख जिरेलका अनुसार पार्क निर्माण प्रदेश र स्थानीय दुवै सरकारको प्राथमिकतामा परेको छ । उक्त पार्क निर्माण गर्न चालु आवमा प्रदेश सरकारले २५ लाख र स्थानीय सरकारले १५ लाख बजेट विनियोजन गरेको छ । विश्वकै उच्च हिम शिखर सगरमाथा जाने पुरानो ट्रेकिङ रूटको रुपमा परिचित जिरीमा टोनी हेगन पार्क सहित तेन्जिङ हिलारी संग्रहालय, बुद्ध पार्क, दृष्यअवलोकनका लागि टावर, स्टोन पार्क, जिरी ताललगायतका नयाँ संरचना तयार हुँदैछ । ‘यसका लागि जिरी नगरपालिकाले वर्षैपिच्छे बजेट विनियोजन गर्छ,’ मेयर जिरेलले भने ‘आवश्यक परे हामी प्रदेश र संघीय दुबै सरकारको सहयोग लिनेछौ ।’

जिरी ताललाई यो क्षेत्रको ड्रिम प्रोजेक्टकै रूपमा अगाडि बढाएको जिरेलले बताए । जिरी खोलामा बन्ने तालको लम्बाइ १३ सय मिटर हुनेछ भने चौडाइ ३ सयदेखि ८ सय मिटरसम्म हुनेछ । जिरी खोला थुनेर निर्माण गर्न लागिएको उक्त तालमा ६० मिटर अग्लो ड्याम्प बन्नेछ । उक्त तालको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जिरेलले बताए ।

साथै तालमा जम्मा हुने पानीबाट २.४ मेगावाट विद्युत समेत उत्पादन गर्ने तयारी स्थानीय सरकारको रहेको छ । ‘ताल निर्माणमा स्थानीय सरकारको भन्दा प्रदेश सरकारको बढी प्राथमिकता छ । जिरी नगरपालिकाले हाल जिरी मल्टिपल डेभलपमेन्ट प्रोजेक्ट (जीएमटी) बनाएर कार्य अघि बढाएको उनले बताए । जिरीमा ६० को दशकमै सानो जहाज बस्ने विमास्थल बनाइएको हो । त्यसपछि अर्को स्थानमा ट्विनअटर विमान चल्ने विमानस्थल बनाएको जिरेलले उल्लेख गरे ।

दोलखा पर्यटन विकास समितिका अध्यक्ष बैकुण्ठ प्रधानले यस क्षेत्रको पर्यटकीय गतिविधिलाई प्रर्वद्धन गर्न नयाँ र पुराना सबै योजना अघि बढाइएको बताए । अबको ३ वर्षमा दोलखालाई नेपालकै पहिलो पर्यटकीय गन्तव्य बनाउने उनको योजना छ । ‘जिरीदेखि दोलखा भीमेश्वर हुँदै कालिञ्चोकसम्म पर्यटकीय प्याकेज बनाएर यो क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ,’ उनले भने ।

को हुन् टोनी हेगन ?

टोनी हेगन स्विस नागरिक हुन् । उनी सन् १९५७/५८ मा नेपाल घुम्न आएका बेला जिरी पुगेका थिए । जिरी उपत्यका देखेर उनलाई यहाँ धेरै गर्न सकिने स्थान रहेछ भन्ने लाग्यो । उनकै पहलमा जिरीलाई पहिलो विकास र पर्यटकीय आकर्षण रुपमा चिनाउन सुरु गरिएको हो । उनले जिरीमा स्विसबाटै ल्याएर गाईपालन गरेको जिरेलले बताए । उनले त्यतिबेला भक्तपुर र काभ्रेको सिमानामा पर्ने साँगाबाट जस्तापाता र किलाकाँटा बोकेर जिरी पुर्याएर भौतिक संरचना तयार पारिएको थियो । उनले स्थानीयलाई औषधि वितरण गर्न स्थापना गरिएको क्लिनिक अहिले जिरी अस्पताल बनेको छ ।

Share News