५ वटा ठेक्का रद्ध हुँदै, को को पर्दैछन् कालो सूचिमा ?

<p>काठमाडौँ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमही दाङबाट सञ्चालित ५ वटा ठेक्का रद्ध हुने भएको छ । ती ठेक्का सम्झौता रद्ध गरी तोडी कालो सूचिमा किन नराख्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न व्यवसायीका नाममा सूचना जारी भएको छ । ठेक्का नम्बर १/०७२/०७३ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ७/०७३/०७४ बाँके [&hellip;]</p>

काठमाडौँ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय–६ लमही दाङबाट सञ्चालित ५ वटा ठेक्का रद्ध हुने भएको छ । ती ठेक्का सम्झौता रद्ध गरी तोडी कालो सूचिमा किन नराख्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेश गर्न व्यवसायीका नाममा सूचना जारी भएको छ ।

ठेक्का नम्बर १/०७२/०७३ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ७/०७३/०७४ बाँके (ठेकेदार कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, कञ्चनपुर), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी बाइबा कन्स्ट्रक्सन कम्पनी, सामाखुसी काठमाडौँ), ठेक्का नम्बर ९/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ) र ठेक्का नम्बर ११/०७३/०७४ दाङ( ठेकेदार कम्पनी गौरीपार्वती/कोशी एण्ड न्यौपाने/मृत सञ्जीवनी जेभी काठमाडौँ)का नाममा सूचना जारी भएको हो ।

हालसम्म निर्माण कार्यमा न्यून प्रगति देखिएकाले बारम्बार पत्राचार गर्दा समेत बेवास्ता गरिएको र निर्माण कार्य शुरु नगर चरम लापरवाही गरेको ७ दिन भित्र सम्पर्कमा नआएमा प्रचलित कानून अनुसार ठेक्का तोडेर कालोसूचिमा राख्ने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं.६ लमही दाङले जनाएको छ ।

Share News