
काठमाडौँ । व्यक्तिगत कर्जाको लागि नेपालकै प्रथम डिजिटल बजारको रुपमा कर्जाबजारडटकम शुरु भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिरव घोष दस्तीदारले कर्जाबजारडटकमको उद्घाटन गरेका हुन् ।
कर्जाबजारका प्रयोगकर्ताहरुले प्रमाणपत्र प्राप्त बित्तीय संस्थाहरुबाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर,सवारी साधन, अचल सम्पत्तिकर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्डका बारेमा जानकारी प्राप्त गर्न सक्ने छन ।
साथै, वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डका लागि चालिने प्रकृयाका बारेपनि हेर्न सकिने छ । कर्जाबजारलाई नेपालका प्रमुख बाणिज्य बैंकहरुसंग विस्तृत परामर्श र प्रकृया प्रवाह समायोजन गरेर मात्र अनलाईन रिलिज गरिएको हो । तीनवटा बाणिज्य बैंकहरु(स् स्ट्याण्डर्ड चार्टर्ड, एनएमबि बैंक र लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक(सिन्धु विकास बैंक) ले कर्जाबजारसंग सम्झौता गरिसकेका छन् ।
कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढी बैंक र बित्तीय संस्थाहरुपनि यसमा संलग्न हुने अपेक्षा गरिएको फोनिक्स क्यापिटल प्रालिले जनाएको छ ।