पोखरामा गण्डकी विकास बैंकले दियो निःशुल्क सिपमूलक तालिम

<p>काठमाडौँ । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । उक्त सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, प्रशिक्षक तथा ज्येष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरियो । सो समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने [&hellip;]</p>


काठमाडौँ । गण्डकी विकास बैंक लि.ले पोखरा महानगरपालिका वडा नं. ५ का महिलाहरुको सिप अभिबृद्धि गर्नको लागी ७ दिने निःशुल्क सिपमूलक तालिम सम्पन्न गरेको छ । उक्त सिपमूलक तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, प्रशिक्षक तथा ज्येष्ठ महिलाद्धारा संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गरियो ।

सो समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले महिलाहरुले सिपमूलक तालिम मात्र लिएर नभई त्यसबाट सिकेको सिप तथा ज्ञान आत्मनिर्भर र स्वरोजगार तर्फ लागाउन अनुरोध गरे । त्यसका लागी आवश्यक परेमा बैंकले वित्तिय सहयोग समेत प्रदान गर्ने बताए ।

कार्यक्रममा ज्येष्ठ महिला तथा समाजसेवी शुभद्रा कोइराला, स्वस्तिक हस्तकलाकी प्रोपाइटर रिता गुरुङ्ग, प्रशिक्षक लक्ष्मी शर्मा तथा सहभागिका तर्फबाट कल्पना क्षेत्री र पार्वती देवी कोइरालाले मन्तव्य राख्दै तालिमले महिलाहरुलाई स्वरोजगारमा लाग्न उत्पे्ररित गरेको बताउँदै बैंक परिवारलाई धन्यवाद दिए ।

कार्यक्रममास्वागत मन्तव्य बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालन बैंकको पस्र्याङ्ग शाखाका प्रमुख प्रमोद ओझाले गरेका थिए ।

Share News