महासंघको नेतृत्व लिन चलखेल, यूरोप भ्रमणमा के हुँदैछ ‘सेटिङ’ ? (भ्रमण टोलीको नामावली सहित)

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैतमा नयाँ नेतृत्व चयन हुँदैछ । चुनावी वर्षमा प्रवेश गर्दै गर्दा महासंघले मतदातालाई रिझाउन युरोप भ्रमणको कार्यक्रम गरेकोे छ । चुनावमा मत तान्ने प्रयोजनसहित महासंघले मतदाता खुशी गराउन भ्रमणको आयोजना गरेको बुझिएको छ । चुनावमा मतभार अधिक भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको नेतृत्वलाई प्रभावमा पार्ने तयारीका [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी चैतमा नयाँ नेतृत्व चयन हुँदैछ । चुनावी वर्षमा प्रवेश गर्दै गर्दा महासंघले मतदातालाई रिझाउन युरोप भ्रमणको कार्यक्रम गरेकोे छ ।

चुनावमा मत तान्ने प्रयोजनसहित महासंघले मतदाता खुशी गराउन भ्रमणको आयोजना गरेको बुझिएको छ । चुनावमा मतभार अधिक भएको जिल्ला तथा नगर उद्योग वाणिज्य संघको नेतृत्वलाई प्रभावमा पार्ने तयारीका साथ महासंघको टोली कार्यक्रमहरू बनाएर भ्रमणमा निस्केको हो । भ्रमण टोलीमा ५९ जना रहेका छन् ।

भ्रमणको उद्देश्य युरोपको आर्थिक तथा व्यवसाय अध्ययन, प्रवद्र्धन र अवलोकन गर्नु रहेको महासंघले जानकारी दिएको छ । महासंघ स्रोतका अनुसार आगामी चुनावलाई आफ्नो पक्षमा पार्नको लागि रणनीतिक योजना तयार पार्ने उद्देश्य सहित भ्रमणको आयोजना गरिएको हो । भ्रमण टोलीको नेतृत्व महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले गरेका छन् । भ्रमणमा टोलीमा समावेश हुनेहरुको सूची अध्यक्ष भवानी राणा र उपाध्यक्ष प्रधानले तय गरेका हुन् ।

युरोप भ्रमणमा रहेको ५९ सदस्यीय टोली यस्तो छ:
[pdf id=155348]

चुनावी वर्षमा प्रवेशसँगै महासंघको सक्रियता बढ्यो, १०० जना चीनमा र ९० जना यूरोप भ्रमण जाँदै

Share News