जुत्ता चप्पल निर्यातमा ३ प्रतिशत नगद अनुदान, भारत पठाउने सूचिमा थपिए ७ उत्पादन

<p>काठमाडौं । सरकारले चुत्ता चप्पलहरुको निर्यातमा पनि नगद अनुदान दिने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यातमा नगद अनुदान लिने वस्तुहरुको सूचिमा चुत्ता चप्पललाई पनि थपेको हो । चुत्ता चप्पल निर्यात गर्ने उद्योगीहरुले निर्यातको ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । डलर वा भारतीय मुद्रा दुबैमा निर्यात गर्दा त्यस्तो अनुदान प्राप्त हुनेछ । [&hellip;]</p>

काठमाडौं । सरकारले चुत्ता चप्पलहरुको निर्यातमा पनि नगद अनुदान दिने भएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले निर्यातमा नगद अनुदान लिने वस्तुहरुको सूचिमा चुत्ता चप्पललाई पनि थपेको हो । चुत्ता चप्पल निर्यात गर्ने उद्योगीहरुले निर्यातको ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । डलर वा भारतीय मुद्रा दुबैमा निर्यात गर्दा त्यस्तो अनुदान प्राप्त हुनेछ ।

मन्त्रालयले ५० प्रतिशत भ्यालुएड गर्ने निर्यात जन्य उद्योगहरुलाई ५ प्रतिशत नगद अनुदान र ३० प्रतिशत भन्दा बढी भ्यालुएड गर्ने उत्पादन निर्यातमा ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसनका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य रबिन कुमार श्रेष्ठले चुत्ता चप्पलको निर्यातमा नगद अनुदान दिने सरकारी निर्णयले उत्साहित बनाएको बताए । उनले आत्म निर्भर बन्ने बाटोमा अघि बढिरहेका चुत्ता चप्पल उद्योगीहरुलाई नयाँ प्रविधि भित्र्याउन समेत नगद अनुदान प्रोत्साहनले सहयोग गर्ने उनले बताए ।

एसोसियसनकै पूर्व अध्यक्ष होमनाथ उपाध्यायले पनि नगद अनुदानबाट उत्साहित बनेको बताए । यसैबिच सरकारले भारत तर्फको निर्यातमा नगद अनुदान प्राप्त गर्ने उत्पादनहरुको सूचिमा ६ वटा नयाँ वस्तु थपेको छ । प्रशोधित अलैँची, मह, अदुवा, सुठो र बेसार भारतमा निर्यात गर्दा नगद अनुदान प्राप्त हुनेछ । त्यस्तै, तरकारी र फुल भारत तर्फ निर्यात गर्दा समेत नगद अनुदान पाइनेछ ।

बाणिज्य सचिव केदार बहादुर अधिकारीले निर्यातमा नगद अनुदान विद्यमान व्यवस्थामा परिमार्जन आवश्यक रहेको बताए । उनले सधै एउटै वस्तुलाई मात्रै अनुदान दिईरहने अवस्था र अनुदान दिँदा पनि निर्यातमा वृद्धि नहुने वस्तुहरुमाथी समिक्षा आवश्यक रहेको बताए । मन्त्रालयले फागुन १९ गते नै नगद अनुदान सम्बन्धी परिमार्जित नियमानुसार काम अघि बढाउन नेपाल पत्राचार गरिसकेको पनि उनले जानकारी दिए ।

Share News