स्वदेशी उत्पादन, नेपाली रेलः कलकत्ता र हल्दिया जान, छैन अब झेल

<p>काठमाडौं । अब नेपाली रेलहरु समान बोकेर भारतको कलकत्ता र हल्दियासम्म पुग्न पाउने भएका छन् । नेपाली रेलहरुलाई समान बोकेर कलकत्ता र हल्दियासम्म जाने सुबिधा उपलब्ध गराउन भारत तयार भएको हो । नेपाल र भारतबीच जेठ २३ र २४ गते भारतमा सम्पन्न सहसचिवस्तरिय बैठकमा बल्क कार्गाे रेल भारतमा निर्वाधरुपमा सञ्चालन गर्न पाउने समझदारी भएको हो [&hellip;]</p>

काठमाडौं । अब नेपाली रेलहरु समान बोकेर भारतको कलकत्ता र हल्दियासम्म पुग्न पाउने भएका छन् । नेपाली रेलहरुलाई समान बोकेर कलकत्ता र हल्दियासम्म जाने सुबिधा उपलब्ध गराउन भारत तयार भएको हो । नेपाल र भारतबीच जेठ २३ र २४ गते भारतमा सम्पन्न सहसचिवस्तरिय बैठकमा बल्क कार्गाे रेल भारतमा निर्वाधरुपमा सञ्चालन गर्न पाउने समझदारी भएको हो ।

नेपाली टोलीको नेतृत्व गरेका बाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालले दुई तर्फ बल्क कार्गाे रेल सञ्चालनका लागि भारत सहमति भएको बताए ।
मन्त्रालयमै पत्रकार सम्मेलन गर्दै सचिव केदार बहादुर अधिकारीले–‘अब नेपाली झण्डा फहराईएका रेलहरुले नेपाली समान बोकेर भारतको कोलकत्ता र हल्दियासम्म समान ढुवानी गर्न पाउने सुबिधा पाईएको छ, यो हाम्रा लागि ठुलो उपलब्धी हो’, बाणिज्य सचिव अधिकारीले भने । नविकरण भएको रेल सम्झौताको अवधी आगामी पाँच वर्षसम्म कायम रहनेछ ।

बैठकमा पारवाहन सन्धि सहमति भए अनुसार बिराटनगर र भैरहवा नाकाबाट समेत रेल मार्फत बल्क कार्गाेबाट ढुवानी गर्ने सुविधा उपयोग गर्ने सहमति पनि भएको छ । यो सहमतिबाट बिराटनगर–जोगवनी, सुनौली–नौतनवा र कुर्था÷इनर्वा–जयनगर खण्डमा समेत बल्क कार्गाे ढुवानीको सुबिधा उपलब्ध हुनेछ ।

त्यस्तै, नेपाललाई भारत हुँदै तेश्रो मुलुकसम्म कार्गाे रेल मार्फत समान ढुवानी गर्ने सुबिधा दिन पनि भारत सहमत भएको छ । यस अघि चीनले आफ्नो जमिन हुँदै तेश्रो मुलुकबाट नेपालसम्म ढुवानीका लागि मार्ग जल तथा स्थल मार्ग उपलब्ध गराउने सहमति दिएको थियो ।

Share News