हुण्डाई फेष्टिभ डिलाइट २०७५ का विजेताहरु पुरस्कृत, खड्कालाई क्रेटा र केसीलाई आई२० एक्टिभको साँचो हस्तान्तरण

<p>काठमाडौँ । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७५’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसीलाई (कुपन नं.९०६) लाई आई२० एक्टिभको साँचो हस्तान्तरण गरे । उक्त समारोहमा [&hellip;]</p>


काठमाडौँ । हुण्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डिलाइट २०७५’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसीलाई (कुपन नं.९०६) लाई आई२० एक्टिभको साँचो हस्तान्तरण गरे ।

उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो । बम्पर लक्की ड्र को विजेताहरुको छनौट मुख्य अतिथि विमला खनाल (अध्यक्ष-कञ्जुमर आई नेपाल) सहित श्रृंखला खतिवडा(मिस नेपाल २०१८)ले गरेका हुन् । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट विमला खनालले कञ्जुमर आई नेपालको अनामनगर स्थित कार्यलयमा भएको हो ।

हुण्डाई फेष्टिभ डिलाइट २०७५अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान क्रेटा, एक थान आई२० एक्टिभ, १०० जनाले १० ग्राम सुन सहित स्क्राच कार्ड मार्फत रु.१ लाख सम्मको नगद छुटपनि प्राप्त गरे । सम्पूर्ण विजेताहरुलाई बधाई दिँदै लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले हुण्डाईलाई उत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने ग्राहकप्रति आभार व्यक्त गरे ।

Share News