जापानमा राष्ट्रिय ध्वजा वाहक उडाउने योजनाः भुतले खाजा खाने समय रोजेपछि अड्कियो

<p>काठमाडौं । घोषित कार्यतालिका अनुसार हुन्थ्यो भने जुलाई ४ अर्थात असार १९ गते राष्ट्रिय ध्वजा फहराउँदै नेपाल बायुसेवा निगमको २७४ सिट क्षमताको ए ३३० जहाजले जापानी आकाश चुम्दै ओशाका विमानस्थलसम्म उडान भर्ने थियो । तर ‘भुतले खाजा खाने समय’ रोजिएपछि तत्कालका लागि जापान उडान सरेको छ । नेपाल बायु सेवा निगमले अगष्ट २९ तारिख अर्थात [&hellip;]</p>

काठमाडौं । घोषित कार्यतालिका अनुसार हुन्थ्यो भने जुलाई ४ अर्थात असार १९ गते राष्ट्रिय ध्वजा फहराउँदै नेपाल बायुसेवा निगमको २७४ सिट क्षमताको ए ३३० जहाजले जापानी आकाश चुम्दै ओशाका विमानस्थलसम्म उडान भर्ने थियो । तर ‘भुतले खाजा खाने समय’ रोजिएपछि तत्कालका लागि जापान उडान सरेको छ । नेपाल बायु सेवा निगमले अगष्ट २९ तारिख अर्थात भदौ १२ गते जापानको ओशााका विमानस्थलमा पहिलो उडान भर्नेछ ।

‘हामीलाई जापान उडानको अनुमति चाँडै चाहिएको थियो, अनुमति माग्यौं र पायौं पनि तर भुतले खाजा खाने समयमा परेछ, यात्रु नै नपाएपछि घाटाको व्यापार गर्न चाहेनौं, त्यसैले उडान अलि पर सारेका हौं’, निगमका प्रवक्ता नवराज कोइरालाले विकासन्युजसँग भने । निगमले जापानको ओशाकामा उडान भर्नका लागि मे ७ तारिख(२०७६ बैशाख २४) गते अनुमति पाएको थियो । निगमले मे १२ अर्थात बैशाख २९ तारिखदेखि नै टिकट बुकिङ खुल्ला गरेको थियो । तर एउटा उडानमा ३/४ जनाले मात्रै टिकट बुकिङ गराए । ‘५० जना यात्रुले मात्रै टिकट काटेका भए पनि समयमै ओशाका जाने थियौं तर प्रत्येक फ्लाइटमा ३/४ जनाले मात्रै टिकट बुकिङ गरे, त्यसकारण अहिलेका लागि उडान अलि पर सार्नुको विकल्प रहेन’, प्रवक्ता कोइरालाले भने ।

निगमले मंगलबार, बिहिबार र शनिबार गरि सातामा ३ वटा उडान भर्न पाउने गरि अनुमति पाएको छ । तर नेपालबाट पढ्न जाने विद्यार्थीहरुको पुरानो सिजन सकिएको र नयाँ सिजन सुरु नभएको तथा जापानीहरु घुम्न जाने समय समेत घर्किएपछि निगमको जहाजले यात्रु नपाएको हो । नेपालबाट ओशाका पुग्न ६.५ घण्टा उडान भर्नुपर्छ भने फर्कँदा ७.२० घण्टा लाग्छ । दुई तर्फी उडानमा ८० टन इन्धन खर्च हुने अनुमान गरिएको छ । २७४ जना यात्रु बोकेर एक उडान(दुई तर्फी) भर्दा करिब ४० लाख हाराहारी नाफा निस्कने प्रारम्भिक प्रक्षेपण गरिएको छ । एक उडानका लागि करिब ८० टन इन्धन खपत हुनेछ । निगमले जापानका लागि दुई तर्फी भाडा न्युनतम ७० हजार तोकेको छ ।

निगमले अप्रिल महिनामै ओशाका उडान गर्ने तयारी गरेको थियो तर जापानबाट अनुमति लिन ढिलाई भएपछि जुलाई ४ गतेका लागि उडान तालिका निर्धारण गरेको थियो । जापानमा ५ सय प्रतिनिधी मार्फत टिकेट बिक्रिवितरण गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले ओशाकापछि टोकियो पनि उडान भर्ने तयारी पनि अघि बढाईसकेको छ । हाल निगमसँग ए३३० जहाज २ वटा र ए ३२० जहाज २ वटा रहेका छन् । यी जहाजहरुबाट भारतको दिल्ली, बैंगलोर र मुम्बईमा उडान भरिरहेका छन् । त्यस बाहेक मलेसियाको क्वालालम्पुर, हङकङ, बैंकक, दुबई र दोहा उडान भरिरहेका छन् ।

Share News