
काठमाडौँ । आन्तरिक राजश्व कार्यालय कलंकी काठमाडौँले धादिङ जिल्लाका ५ वटा रोडा ढुंगा उद्योगलाई मूल्य अभिबृद्धि कर(भ्याट) बुझाउन ताकेता गरेको छ ।
लामो समयसम्म बुझाउनु पर्ने बक्यौता नबुझाएको कार्यालयले जनाएको छ । अबको ७ दिनभित्र बक्यौता नबुझाए मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा २१ बमोजिम व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का गर्ने जनाएको छ ।
धादिङ जिल्लाको थाक्रे १० मा रहेको माछापुछ्रे रोडा ढुंगा उद्योग, सोही स्थानमा रहेको शिलादेवी रोडा ढुंगा उद्योग, थाक्रे ४ को गोरखकाली स्टोन एण्ड स्याण्ड इण्डष्ट्रिज प्रालि, थाक्रे २ को मनकामना रोडा ढुंगा उद्योग र थाक्रे ७ को थाक्रे कालीका रोडा ढुंगा उद्योग प्रालिले लामो समयसम्म कर नतिरेका हुन् ।
ती उद्योगका सञ्चालकहरु क्रमशः इन्द्रबहादुर न्यौपाने, रामबहादुर राई, दिलबहादुर श्रेष्ठ, सुब्बा रेग्मी÷बलराम रेग्मी र सरिता कार्कीलाई कर बुझाउन नआए ७ दिनपछि नै कारवाहीको प्रक्रिया थाल्ने राजश्व कार्यालयले जनाएको छ ।