अर्काको पासपोर्ट बोक्नेलाई विगो र ५० प्रतिशत जरिवाना सहित ३ वर्ष कैद

<p>काठमाडौं । वैदेशिक रोजगार व्यवसायमा एजेन्ट राख्न नपाउने भएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ लाई संशोधन गरी वैदेशिक रोजगार कम्पनीले आफ्नो कर्मचारी वाहेक अन्य एजेन्ट राख्न नपाउने नयाँ व्यवस्था लागू गरेको हो । ‘ऐन संशोधन गरेर यस व्यवसायमा एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषालले जानकारी दिए [&hellip;]</p>

काठमाडौं । वैदेशिक रोजगार व्यवसायमा एजेन्ट राख्न नपाउने भएका छन् । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ लाई संशोधन गरी वैदेशिक रोजगार कम्पनीले आफ्नो कर्मचारी वाहेक अन्य एजेन्ट राख्न नपाउने नयाँ व्यवस्था लागू गरेको हो ।

‘ऐन संशोधन गरेर यस व्यवसायमा एजेन्ट राख्न नपाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषालले जानकारी दिए । ऐन संशोधन भएसँगै व्यवसाय कम्पनीले यससँग सम्बन्धित काम एजेन्टमार्फत गराउन नपाउने भएका हुन् ।

केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संसोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको हो।

‘अब वैदेशिक रोजगारसँग सम्बन्धित पासपार्ट संकलन गर्ने सेवा शुल्क लिने काम म्यानपावर कम्पनीबाट तलव पाउने कर्मचारीले मात्रै गर्न पाउने छन्, अन्यले गर्न पाउँदैनन्,’ उनले भने ।

अन्य व्यक्तिले सो कार्य गरेका उनीहरूलाई ठगी र वैदेशिक रोजगारको कसुर बमोजिम कारवाही गरिने उनले बताए । ‘ठगीको कारवाही जिल्ला प्रशासन कार्यालयले गर्छ,’ उनले भने ‘वैदेशिक रोजगारसँग सम्बन्धित कसुरमा भने त्यसरी संकलन गरेको रकम तिराएर त्यसको ५० प्रतिशत जरिवाना सहित कसुरको मात्रा हेरी ३ वर्षसम्म कैदको व्यवस्था भएको भुषाल जानकारी दिए ।

स्वयम म्यानपावर व्यवसायी नै आफ्नो व्यवसायको नाममा ठगी गरेको उजुरी लिएर विभागमा आएपछि यस्तो कामकारवहीलाई निरुत्साहित गर्न ऐन संशोधन गरिएको उनले बताए । नेपालमा एक हजार चार सय म्यानपावर व्यवसाय रहेका छन् । विभागमा उनीहरूको एक सय ८३ जना एजेन्ट दर्ता भएका छन् । झापा, मोरङ र कास्कीमा बढी एजेन्ट दर्ता भएका छन् । यस वाहेक देशभरि छरिएर रहेका एजेन्टको त कुनै गणना नै नभएको भुषालले बताए ।

Share News