अन्तःशुल्कमा नेपाल लिकर्सको उत्कृष्ट योगदान, बुझायो १ अर्ब ६५ करोड

<p>काठमाडौ । नेपाल लिकर्सले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालय विराटनगरमा अन्तःशुल्क बापत १ अर्ब ६५ करोड रुपैयाँ बुझाएको छ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा राजस्व कार्यालयले अन्तःशुल्क बापत २ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेकोमा नेपाल लिकर्सको स्थान सबैभन्दा अगाडि रहेको छ । राजस्व कार्यालयका प्रमुख दिलिप गौतमले भने–‘हाम्रो लक्ष्य चालु [&hellip;]</p>


काठमाडौ । नेपाल लिकर्सले चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालय विराटनगरमा अन्तःशुल्क बापत १ अर्ब ६५ करोड रुपैयाँ बुझाएको छ । चालु आर्थिक बर्षको बैशाख मसान्तसम्ममा राजस्व कार्यालयले अन्तःशुल्क बापत २ अर्ब ८५ करोड रुपैयाँ संकलन गरेकोमा नेपाल लिकर्सको स्थान सबैभन्दा अगाडि रहेको छ ।

राजस्व कार्यालयका प्रमुख दिलिप गौतमले भने–‘हाम्रो लक्ष्य चालु आर्थिक बर्षमा २ अर्ब १२ करोड रुपैयाँ मात्र संकलन गर्ने रहेको थियो, तर हामीले लक्ष्य भन्दापनि धेरै अन्तःशुल्क असुल गर्न सफल भयौँ ।’ नेपाल लिकर्सले भने सिग्नेचर रेड, सिग्नेचर प्रिमियर, म्याकड्वेल नम्बर वान, एन्टीक्वीटी ह्विस्की र गोल्डेन ग्रेप ब्रान्डी लगायतका उत्पादन गर्दै आएको छ ।

अन्तःशुल्क मार्फत सरकालाई योगदान गरिरहेको नेपाल लिकर्सले सामाजिक रुपमा समेत आफ्नो सहभागिता जनाउँदै आएको छ । आफूहरु सामाजिक सक्रियतातर्फ लम्कदै गएको लिकर्सका कर्पोरेट महाप्रबन्धक कमल सिटौलाले विकासन्युजलाई जानकारी दिए ।

Share News