काठमाडौं । घरजग्गा व्यवसायी तथा पूर्व सांसद् इच्छाराज तामाङले सिभिल बचत तथा ऋण सहकारी संस्था डुब्ने अवस्थामा पुगेका बताएका छन् ।
सहकारी डुब्ने अवस्थामा पुगेपछि उनले अन्य सहकारी संस्थालाई बचत गरेर सहयोग गर्न भनेका छन् । सहकारी रित्तिदै गएपछि उनी ऋण गरेर भएपनि सहकारी चलाउने अभियानमा लागेका हुन् ।
सिभिल गु्रप अध्यक्ष समेत रहेका उनले राजधानीमा आयोजित कार्यक्रममा भने ‘तपाईहरूले आर्थिक रुपमा, बचत गरेर, लगानी गरेर सहयोग गरिदिनु पर्यो ।’ इच्छुक सहकारी संस्थाहरूले सहयोग गरिदिनुहोस् ।’ बैंकहरूले जस्तै सहकारीले पनि अन्तर बैंक कारोबार गर्न पाउने व्यवस्था सहकारी ऐनले गरेको छ । पछिल्लो समय सहकारीका विषयमा आएका समाचारले सहकारीलाई अप्ठ्यारो परेको उनले बताए ।