प्रभु इन्स्योरेन्स र बी एण्ड सी मेडिकल कलेजबीच सम्झौता, ‘पैसा नभएपनि उपाचार’

<p>काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच नगद रहितसेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले हस्ताक्षर गरेका छन् [&hellip;]</p>


काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेड र बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिबीच नगद रहितसेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट सवारी साधन बीमा गराउने ग्राहकहरुले सवारी साधन दुर्घटनाको कारण यात्रु तथा तेश्रोपक्ष घाईते भई तथा औषधोपचार बीमा गराउने ग्राहकले बिरामी भई बि एण्ड सि मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएतापनि बीमालेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।

Share News