स्पर्स लघुवित्तको त्रैमासिक समीक्षा, आउँदो आवको रणनीति तयार

<p>काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखाहरुको आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक समीक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । चितवनको सौराहामा जेठ १८ देखि २० गतेसम्म भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए । कार्यक्रमको पहिलो [&hellip;]</p>


काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखाहरुको आर्थिक वर्ष २०७५/०७६ को तेश्रो त्रैमासिक समीक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । चितवनको सौराहामा जेठ १८ देखि २० गतेसम्म भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका सहायक प्रबन्धक सुदीप अचार्य तथा विभागीय प्रमुखहरु हरिशरण गिरी र ऋषभ सुवेदीले २० वटा शाखाको तेश्रो त्रैमासिक समीक्षा र आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम तर्जुमा गोष्ठिको लागि सहजीकरण गरेका थिए । कार्यक्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा आ.व. २०७६/०७७ को योजना तथा बजेट प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रमको दोस्रो दिन वित्तीय संस्थामा संचालित सफ्टवयेर कम्पनी सिनर्जी टेकका टेक्नोलोजी हेड सुरेश चन्दले सफ्टवयेरमा देखिएका समस्या तथा जिज्ञासाको समाधान गरेका थिए । साथै सोही दिन बैकिङ क्षेत्रमा लामो समयको अनुभव रहेका प्रकाश पोखरेलले सहभागी सम्पूर्णलाई आफ्नो जीवन र कामलाई सन्तुलन गदै कसरी लक्ष्यमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उत्प्रेरणादाही भनाई राखेका थिए ।

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल भोगेको समस्या तथा अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले वित्तीय संस्थाको यस आवको लक्ष्य र आउँदो आवको लक्ष्य प्राप्तीका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए । लेखा विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु र २० वटा शाखाका शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।

Share News