पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

<p>काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभा सोमबार कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आव २०७३/७४ र २०७४/७५ को बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र चालु आवको लागि लेखा परीक्षकको नियुक्ति गरेको छ । कम्पनीले इलाम जिल्लाको माइखोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जलविद्युत आयोजना [&hellip;]</p>


काठमाडौँ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको बार्षिक साधारण सभा सोमबार कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले कम्पनीको आव २०७३/७४ र २०७४/७५ को बार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र चालु आवको लागि लेखा परीक्षकको नियुक्ति गरेको छ ।

कम्पनीले इलाम जिल्लाको माइखोलामा १२ मेगावाट क्षमताको अप्पर माई सी जलविद्युत आयोजना र ६.१ मेगावाट क्षमताको माथिल्लो माई सी जलविद्युत आयोजना निर्माण सम्पन्न गरी उत्पादित विद्युत कम्पनीले निर्माण गरेको मावु-गोदक १३२ के.भी प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको गोदक सबस्टेशनको राष्ट्रिय विद्युत प्रणालीमा जोडिएको छ ।

उक्त साधारण सभाले रिक्त रहेको संचालकमा संस्थापक शेयर धनीको तर्फबाट उदिप श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट टिका रामनिरौलालाई निर्वाचित गरेको छ ।

Share News