रोयल इन्फिल्डको क्लासिक-३५० सीसी गनमेटल ग्रे नेपाली बजारमा, मूल्य ५ लाख १५ हजार

<p>काठमाडौ । रोयल इनफिल्ड मोटरसाईकल कम्पनीले ३५० सीसी भएकोे ‘क्लासिक मोडल’गनमेटल ग्रे नेपाली बजारमा भित्र्याएको छ । एमभी दुगड गु्रपको विवेक अटोमोवाइल्स प्रालिले उक्त मोटरसाइकल बजारमा ल्याएको हो । रोयल इन्फिल्ड क्लासिक–३५० सीसी मोटरसाईकलको मुल्य नेपाली बजारमा हाललाई ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । आगामी आर्थिक बर्षमा भने मोटर साईकलको मूल्यमा वृद्धी हुने [&hellip;]</p>


काठमाडौ । रोयल इनफिल्ड मोटरसाईकल कम्पनीले ३५० सीसी भएकोे ‘क्लासिक मोडल’गनमेटल ग्रे नेपाली बजारमा भित्र्याएको छ । एमभी दुगड गु्रपको विवेक अटोमोवाइल्स प्रालिले उक्त मोटरसाइकल बजारमा ल्याएको हो । रोयल इन्फिल्ड क्लासिक–३५० सीसी मोटरसाईकलको मुल्य नेपाली बजारमा हाललाई ५ लाख १५ हजार रुपैयाँ तोकिएको छ । आगामी आर्थिक बर्षमा भने मोटर साईकलको मूल्यमा वृद्धी हुने बताइएको छ ।

मंगलबार आयोजित कार्यक्रममा बोल्दै एमभी दुगड गु्रपका उपाध्यक्ष विवेक दुगडले भने–‘आगामी आर्थिक बर्ष सुरु नहुन्जेल रोयल इन्फिल्ड क्लासिक–३५० मोटर साईकल खरिद गर्ने ग्राहकहरुले ५ लाख १५ हजार रुपैयाँ मात्र तिर्नुपर्छ, तर सो मूल्य सधैँकालागि भने होईन ।’ उनले उक्त मोटरसाईकलको ईञ्जिन, हेडलाईट, पेट्रोल ट्याङ्की, डबल डिस बे्रक सिस्टम लगायतका सन्दर्भमा चर्चा गरे । यस्तै, हालै थपिएको ‘रियर डिक्स ब्रेक’ का कारण दैनिक प्रयोगका लागि मोटरसाईकल थप सुरक्षित बन्ने विश्वास व्यक्त गरेका छन् ।

विवेक अटो मोवाईल्स प्रालिले आफ्ना १९ डिलर मार्फत सो माटरसाईकलको बिक्री–वितरण सुरु गरेको छ । मिड साइज मोटर साईकल उत्पादन गर्ने कम्पनीहरु मध्ये रोयल इन्फिल्ड विश्वको नम्बर १ कम्पनीमा पर्ने कम्पनीले दाबी गरेको छ । विवेक अटोमोवाईल्स प्रालिले रोयल ईन्फिल्डको नेपालकालागि डिस्ट्रीब्युटर भएर काम गर्न पाएकोमा गौरब महसुश गरेको बताएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५०-सीसी गनमेटल ग्रे का विषेशताहरु:
अधिकांश मोटरसाइकलहरुलाई घाममा राख्दा पेट्राल उडेर जाने समस्या रहेको पाईन्छ । तर, रोयल इन्फिल्डले हालै सार्वजनिक गरेको मोडलमा भने पेट्रोल उड्दैन ।

यस्तै, नयाँ मोटरसाईकल ग्राहकको ईच्छा अनुसार ल्याइएकाले पहिलेको भन्दा माईलेजमा राम्रो हुने कम्पनीको तर्क छ । वर्तमान समयमा बढ्दो क्रममा रहेको वायु प्रदुषणलाई ध्यानमा राख्दै मोटरसाईकलमा आधुनिक किसिमको साईलेन्सरको जडान गरिएको छ ।

Share News