
काठमाडौँ । बर्जर जेन्सन एण्ड निकल्सन(नेपाल) प्रालिले ग्राहक योजना अभियान ‘बर्जर पेन्ट एक्सप्रेस’का विजेताहरुको नाम घोषणा गरेको छ । बर्जर पेन्ट्सले नवीनतम उत्पादनहरुका साथसाथै उत्साहबद्र्धक ग्राहक योजनामार्फत ग्राहकहरुलाई अद्भूत तथा अनुपम कोशेली प्रदान गर्ने गरेको छ ।
यसैक्रममा यो योजना २०७५ सालको दशैं र तिहारलाई लक्षित गरेर संचालन गरिएको थियो । यस योजना अन्तर्गत बर्जर पेन्ट्सका ग्राहकहरुले छानिएका मुख्यब्राण्डहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुसन डिजाइनर फिनिसको पक्कापक्की उपहारका साथसाथै गोलाप्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक नगद पुरस्कारहरु जित्ने अवसर पाएका थिए ।
योजनामा सहभागी भएका ७,५०० भन्दा बढी घरधनीहरु मध्येबाट २० जना विजेताको नाम हालै एक प्रत्यक्ष प्रशारण कार्यक्रममा गोलाप्रथा मार्फत सार्वजनिक गरिएको थियो ।

साथै, १० जना सान्त्वना नगद पुरस्कार विजेताहरु प्रत्येकले रु.१०,००० नगद जितेका छन् ।
योजना मातहत कै डिजिटल प्रतियोगितामा रोशन थापा(काठमाडौं) र सुरेश कटवाल(विराटनगर)ले रु १,००,००० लाख रुपैयाँ प्रथम नगद पुरस्कार जितेका छन् । यस्तै देवकी गुभाजु(काठमाडौं) र दधिराम पाठक(बुटवल) प्रत्येकले द्वितीय नगद पुरस्कार रु.५०,००० तथा राजु महर्जन(काठमाडौं) र राकेश बुढाथोकी(विराटनगर) प्रत्येकले तृतीय नगद पुरस्कार रु.२५,००० जितेका छन् भने १६ जना सान्त्वना नगद पुरस्कार विजेताहरु प्रत्येकले रु.१०,००० नगद पुरस्कार जितेका छन् ।
यसैगरी, सुमन कार्की(काठमाडौं) र लिटल फ्लावर स्कूल(नारायणघाट) ले उत्कृष्ट व्यावसायिक भवनतर्फको नगद पुरस्कार रु.५०,०००, उत्कृष्ट आवासीय भवनतर्फको विजेता प्रकाश केसी(काठमाडौं)ले नगदपुरस्कार रु.५०,००० र राकेश बुढाथोकी (विराटनगर)ले पब्लिक च्वाइस अवार्ड नगद पुरस्कार वापत् रु.२५,०००/- जितेका छन् ।
पुरस्कार विजेताहरुको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबुक पेज र वेबसाइटमा प्रकाशित गरिएको छ । पुरस्कार विजेताहरुले आफूले जितेको पुरस्कार प्राप्त गर्न विजेता घोषणा भएको १५ दिनभित्रमा नजिकैको बर्जर सेल्स डिपोमा दाबी पेश गरिसक्नु पर्ने कम्पनीले जनाएको छ ।