काठमाडौँ । आन्तरिक राजस्व विभाग अन्तरगत आन्तरिक राजस्व कार्यालय ललितपुर-२ लगनखेलले बक्यौता कर नतिर्ने १५५ वटा व्यवसायिक फर्मको कारोबार, बैंक खाता र घरजग्गा रोक्का गर्ने भएको छ ।
करदाताहरुले लामो समयदेखि बुझाउनु पर्ने मूल्य अभिबृद्धि कर तथा आयकर रकम नबुझाएको भन्दै कार्यालयले सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशित मितिले १५ दिन भित्र बक्यौता दाखिला गर्न अथवा दाखिला गरिसकेको भए सो को प्रमाण पेश गर्नु पर्ने कार्यालयले सूचनामा उल्लेख गरेको छ ।
कार्यालयको सूचनालाई वेवास्था गर्दै बक्यौता कर दाखिला नगर्ने करदाताहरुलाई मूल्य अभिबृद्धि ऐन २०५२ को अफ २१ तथा आयकर ऐन २०५८ को दफा १०३ देखि १११ सम्मका तरिका अपनाई व्यवसायिक कारोबार रोक्का, बैंक खाता रोक्का र घरजग्गा रोक्का लगायतका आवश्यक कानूनी कारवाही गरी बक्यौता असुली गर्ने कार्यालयले जनाएको छ ।