ओपोद्वारा नयाँ ब्राण्ड पहिचान ‘आइ रेनो’ प्रस्तुत

<p>काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ । ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासँग सहकार्य गरेको छ । ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र [&hellip;]</p>

काठमाडौं । ओपोले आफ्नो नयाँ ब्राण्ड पहिचान (ब्राण्ड आइडेन्टिटी) प्रस्तुत गरेको छ । नयाँ ब्राण्ड आईडेन्टिटीले गुणस्तर, कलात्मकता र हरेक विवरणमा पृथकता केन्द्रित ब्राण्डको अद्यावधिक पहिचान प्रस्तुत गरेको छ ।

ओपोले नयाँ ब्राण्ड आईडेन्टिीटी निर्माणका लागि न्यूयोर्कको पेन्टाग्रामका ख्यातीप्राप्त डिजाइनर, एडी ओपारासँग सहकार्य गरेको छ ।

ओपोको नयाँ ब्राण्ड आईडेन्टिटीले सफलतापूर्वक कम्पनीको रोमाञ्चक विकास र हालको बृद्धि तथा सफलता प्रतिबिम्बित गरेको छ । नयाँ ब्राण्ड ईमेजरीले थप सरल लोगो अनावरण गरेको छ ।

ओपोको विशेष कर्भ (बक्र)का साथ चरितार्थ गरिएको नयाँ लोगो पृथक तर निकै आकर्षक देखिन्छ । साथै, यसको डिजाइनमा श्रृजनशीलताका लागि पर्याप्त स्थान दिइएको छ । ईमेजरीमा नयाँ रंग प्रणाली(कलर सिष्टम) र भिज्यूअल ले–आउटका साथै कस्टम टाइपफेस, ओपो सान्सपनि समावेश गरिएको छ ।

ओपोको रचनात्मक भिजनको प्रतीक रेनोले नेपालमा ओपो स्मार्टफोनको विकासका लागि आउँदो १० बर्षका लागि उत्पे्ररकको काम गर्ने कम्पनीको अनुमान छ । यहीभिजनका साथ ओपोले नयाँ उत्पादन अवधारणा, डिजाइन दर्शन र सञ्चार मोडलका साथमा‘आई’म रेनो’ ब्राण्ड क्याम्पेन सञ्चालनमा ल्याएको छ । ‘आई’ म रेनो’ क्याम्पेन अन्तर्गत ओपोले विश्वभरका प्रसिद्ध कलाकारसंग सहकार्य गरी श्रृजनशीलताको शक्ति दर्शाउने प्रयास गरेको जनाएको छ ।

Share News