काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बितरक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालन गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको जनाएको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुशी लागको बताए ।