क्लियर टीभी र इन्टरनेट सेवामा सुबिसुले मूल्य घटायो, अब कति ?

<p>काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसरमा क्लियर टीभी तथा इन्टरनेट सेवाको नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरु माझ [&hellip;]</p>


काठमाडौँ । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले क्रिकेट वल्र्ड कपको अबसरमा क्लियर टीभी तथा इन्टरनेट सेवाको नयाँ नयाँ मूल्य निर्धारण गरेको छ ।

विश्वको लोकप्रिय खेल क्रिकेट वल्र्ड कप २०१९लाई लक्षित गर्दै नेपाली दर्शकले राम्रो क्वालिटिका साथ उचित मुल्यमा मनोरञ्जन प्राप्त गरुन् भन्ने उद्देश्यले कम्पनीले आफ्ना सेवाहरुमा आकर्षक मूल्य ग्राहकहरु माझ प्रस्तुत गरेको जनाएको छ ।

नेपाली दर्शकले अब मात्र रु. २५८ प्रति महिनामा २४५ डिजिटल च्यानलहरुका साथमा ५० आकर्षक एचडि च्यानलहरु हेर्न पाउने कम्पनीले जनाएको छ । साथै क्लियर टीभी(२४५ डिजिटल च्यानलहरु जसमा ५० एच.डि च्यानलहरु) र २५ एमबीपीएस इन्टरनेट सेवामात्र रु.१२१६ प्रति महिनामा प्राप्त गर्न सक्नेछन् ।

यो सेवा प्राप्त गर्न ग्राहकहरुले एक बर्षको अग्रिम भूक्तानी गर्नु पर्ने तथा कम्पनीको केही सर्त तथा नियमहरु पालना गर्नु पर्ने जनाएको छ ।

Share News