राणाको निधनमा होटल संघको श्रद्धाञ्जली, ‘पर्यटन र होटल उद्योग क्षेत्रमा अपुरणीय क्षति’

<p>काठमाडौँ । होटल संघ नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्यूयोर्कमा निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ । होटल संघ नेपालले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै उनको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति पुगेको भएको छ । यस दुःखद् घडीमा संघले स्वर्गीय राणाको आत्माको [&hellip;]</p>

काठमाडौँ । होटल संघ नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर जंगबहादुर राणाको ८४ वर्षको उमेरमा उपचारको क्रममा न्यूयोर्कमा निधन भएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ ।

होटल संघ नेपालले शुक्रबार विज्ञप्ती प्रकाशित गर्दै उनको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपुरणीय क्षति पुगेको भएको छ । यस दुःखद् घडीमा संघले स्वर्गीय राणाको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं. १९३५ मा जन्मिएका उनको एक छोरा र एक छोरी छन् । नेपालको अग्रणी सोल्टी होटलका संस्थापक स्व. राणा नेपालमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटलका प्रणेता हुन् ।

नेपालमा अन्तर्राष्ट्रिय चेन होटल भित्र्याई सफल रुपमा नेपाली होटललाई अन्तर्राष्ट्रिय गुणस्तरको सेवा दिने श्रेयको हकदार पनि स्व. श्री राणा हुन् । नेपालको पर्यटन प्रवद्र्धनमा उनको अतुलनीय सेवा र योगदानको कदर गर्दै देश विदेशबाट उनलाई विभिन्न मान पदवी अलंकारबाट विभूषित गरिएको थियो ।

स्वर्गीय राणाले होटल संघ नेपालको स्थापना वर्ष १९६६ देखि १९७६ सम्म अध्यक्षको हैसियतमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यवसायिक क्रियाशिलता बढाउँदै देशमा होटल उद्योगको विकास र विस्तारमा उदाहरणीय योगदान पु¥याएको विज्ञप्तीमा उल्लेख छ ।

Share News