‘चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक’

<p>काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य संघ र चाइना काउन्सिल द प्रमोशन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआइटी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा सीसीपीआइटीका उपाध्यक्ष÷कन्सुलर फुचुनले हस्ताक्षर गरेका छन् । दुई संघबीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं सूचनाको आदान प्रदान, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान आदिका लागि लाइजन [&hellip;]</p>


काठमाडौँ । नेपाल चीन उद्योग वाणिज्य संघ र चाइना काउन्सिल द प्रमोशन अफ इन्टरनेशनल ट्रेड(सीसीपीआइटी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर तथा सीसीपीआइटीका उपाध्यक्ष÷कन्सुलर फुचुनले हस्ताक्षर गरेका छन् ।

दुई संघबीच संयुक्त लगानी प्रवद्र्धन, व्यापार विस्तार एवं सूचनाको आदान प्रदान, व्यापारिक प्रतिनिधि मण्डलको आदान प्रदान आदिका लागि लाइजन अफिस स्थापना गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई संघ वीच आपसी सहकार्यका लागि सन् २००७ समेत समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई संस्था वीच घनिष्ट सम्बन्ध रहँदै आएको बताउँदै यस समझदारीबाट अझ नजिक भएर कार्य गर्ने वातावरण तयार भएको बताए । हाल नेपालमा स्थायी सरकार रहेको तथा अति कम विकसित देशले पाउने सुविधा नेपालले प्राप्त गर्ने भएको हुँदा चिनियाँ व्यवसायीलाई नेपालमा उद्योग स्थापना गरी निर्यात गर्न अनुरोध गरे । उनले लगानीका लागि पर्यटन, कृषि, जलश्रोत तथा पूर्वाधार उपयुक्त क्षेत्र रहेको हुँदा दुई संघ मिलेर सोको लागि कार्य गर्ने वताए ।

त्यसैगरी, सीसीपीआइटीका फुचुनले समझदारी पत्रमा हस्ताक्षरपछि दुई देशको हितमा धेरै कार्य गर्ने बताए । उनले भने–कतिपय व्यापारीहरुले नेपालमा लगानी गरिसकेको र कतिपय लगानीका लागि नेपाल आएका छन् । साथै, नेपालमा आयात निर्यात व्यापार, बैंकिङ सम्बन्ध, हवाइ सम्पर्क विस्तार तथा पर्यटन बृद्धिका लागि कार्य गर्ने कुरा बताए । उनले भने-‘चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन् ।’

Share News