उद्यमी प्रभाकर शम्सेर राणाको न्युयोर्कमा निधन, भोलि अन्त्यष्टी गरिने

<p>काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रका पायोनियर प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । ढाडमा समस्या देखिएपछि ११ महिनादेखि उपचारको शिलशिलामा उनी अमेरिकामा रहेका थिए । उनको उपचार कै क्रममा निधन भएको हो । विहीबार बिहान उनको निधन भएको बुझिएको छ । उद्योगी राणाका छोरा सिद्धार्थ र छोरी माया रहेका छन् [&hellip;]</p>


काठमाडौं । नेपाली उद्योग व्यवसाय क्षेत्रका पायोनियर प्रभाकर शम्शेर राणाको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको छ । ढाडमा समस्या देखिएपछि ११ महिनादेखि उपचारको शिलशिलामा उनी अमेरिकामा रहेका थिए । उनको उपचार कै क्रममा निधन भएको हो ।

विहीबार बिहान उनको निधन भएको बुझिएको छ । उद्योगी राणाका छोरा सिद्धार्थ र छोरी माया रहेका छन् । सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनल लगायतका कम्पनी स्थापना र सञ्चालमा उनको योगदान छ ।

अमेरिकाको न्युयोर्कमा शनिबार दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । दाहसंस्कारपछि अस्तु ल्याएर बाँकी अन्त्येष्टिको काम काठमाडौंमा गरिने जनाइएको छ । उनको निधन हुँदा छोरा सिद्धार्थ, छोरी माया, बुहारी निलिमा र नातिनातिना साथमै थिए।

Share News