राजश्वको लक्ष्य पुगेन तर अर्थतन्त्रको जग बलियो बनाएँ: अर्थमन्त्री

<p>काठमाडौं । जेठ १५ गतेका दिन राजश्व संकलन लक्ष्य २९.२३ प्रतिशतले पुगेन् । अर्थात तोकिएको भन्दा २ खर्ब ४२ अर्ब ९९ करोड रुपैंयाँले कम मात्रै संकलन भयो । बजेटले कुल राजश्व संकलन लक्ष्य ९ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर बजेटको अर्ध बार्षिक समिक्षाका क्रममा ३ प्रतिशतले घटाएर ९ खर्ब १७ अर्बमा झारियो [&hellip;]</p>

काठमाडौं । जेठ १५ गतेका दिन राजश्व संकलन लक्ष्य २९.२३ प्रतिशतले पुगेन् । अर्थात तोकिएको भन्दा २ खर्ब ४२ अर्ब ९९ करोड रुपैंयाँले कम मात्रै संकलन भयो । बजेटले कुल राजश्व संकलन लक्ष्य ९ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर बजेटको अर्ध बार्षिक समिक्षाका क्रममा ३ प्रतिशतले घटाएर ९ खर्ब १७ अर्बमा झारियो ।

संसोधित लक्ष्य अनुसार पनि जेष्ठ १५ गतेसम्म ५ खर्ब ८८ अर्ब ३१ करोड रुपैंयाँ संकलन भएको छ । जुन लक्ष्यको ७०.७७ प्रतिशत मात्रै हो । संसोधित लक्ष्य अनुसार जेठ १५ गतेभित्र ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैंयाँ राजश्व संकलन गर्नुपर्ने थियो । बजेटबारे आफ्ना थप धारणा स्पष्ट पार्न पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले राजश्व संकलन लक्ष्य नपुग्नुका कारण सुनाए ।

यस्ता छन अर्थमन्त्रीका तर्क
राजश्व संकलनको लक्ष्य नभेटाउनुमा हाम्रा केहि सिमाहरु थिए । हामीले आयात प्रतिस्थापन गर्ने भन्यौं । त्यसकारण मुलुकका लागि अनावश्यक र हानिकारक वस्तुहरु, वातावरण विगार्ने वस्तुहरु र मुलुकको औद्योगीक पूर्वाधारलाई ध्वस्त पार्ने वस्तुहरुको आयात कम गराएका छौं । यस्ता वस्तुहरुको भन्सार महशुस बढाउनेदेखि कतिपय वस्तुहरुमा त परिमाणात्मक बन्देज नै लगाईएको थियो । त्यसको असर हाम्रो राजश्व संकलनमा परेको छ । सवारी साधनको आयात, पेट्रोलियम पदार्थको आयात, सिमेन्ट क्लिंकर लगायतको आयात, निर्माण सामग्रीको आयात, रडहरुको आयातलाई धेरै हदसम्म रोक्न सफल भएका छौं । त्यसको स्वभाविक असर राजश्व संकलनमा परेको छ ।

तर त्यो असर चाँही मुलुकको सकारात्मक आर्थिक विकासका लागि जग हो । त्यसकारण राजश्व मुखी मात्रै होइन, मुलुकको आर्थिक वृद्धि र हाम्रो औद्योगीकरणको अवस्थालाई अघि बढाउने दृष्टिकोणले हेर्ने हो । अब हामीले आयातमुखी राजश्व प्रणालीलाई उत्पादनमुखी बनाउनुछ । त्यसैले हामी अहिले आन्तरिक उत्पादन वृद्धि र राजश्व आधार नै आन्तरिक वृद्धिलाई बनाउने सोँचमा छौं ।

अझै पनि हामी राजश्व संकलन लक्ष्यको नजिक पुग्न सक्छौं भन्ने आसामै छौं । गैर कर राजश्वका जुन जुन आधार बजेट तर्जुमा गर्दा सोचिएको थियो । त्यो मात्रामा संकलन हुन सकेन् । केहि ऐनहरु संसोधन हुने र त्यसले गैर कर राजश्व बढाउने आपेक्षा थियो । तर ऐनहरु संसोधन मै केहि समय बित्यो । आगामी आर्थिक बर्षमा चाँही राम्रो मात्रामा गैर कर राजश्व संकलन हुने सम्भावना देखिन्छ । केहि उद्योगहरु अहिले तिब्रगतिमा क्षमता विस्तारमा लागेका छन् । सिमेन्ट, छड, निर्माण सामग्री र कतिपय उत्पादन मुलक उद्योगहरुले धमाधम क्षमता विस्तार गरिरहेका छन् । कतिपय नयाँ अस्पतालहरुले पनि क्षमता विस्तार गरिरहेका छन् । क्षमता विस्तार गर्नेहरुले ट्याक्स क्रेडिट लिन पाउने व्यवस्था छ । यसले पनि राजश्व संकलनमा केहि असर गरेको देखियो । त्यसले कतिपय ठुला उद्योगबाट यसपाली राजश्व उठाउने अवस्था रहेन् । अर्काे वर्ष ती उद्योगहरुबाट राजश्वमा ठुलो योगदान हुनेछ ।

Share News