महासंघ प्रदेश-३ र मिलेनियल इण्डिया चेम्बरबीच सहमति, ‘व्यवसाय अभिबृद्धिमा सहकार्य गरिने’

<p>काठमाडौँ । आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ र भारतको मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वर अफ कमर्स, ईण्डष्ट्रि एण्ड एग्रीकल्चबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । महासंघका अध्यक्ष भवानी राणाको उपस्थितिमा विहीबार एक कार्यक्रमका बीच सहमती पत्रमा हस्ताक्षर भएको हो । महासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतम [&hellip;]</p>

काठमाडौँ । आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्वर ३ र भारतको मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वर अफ कमर्स, ईण्डष्ट्रि एण्ड एग्रीकल्चबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

महासंघका अध्यक्ष भवानी राणाको उपस्थितिमा विहीबार एक कार्यक्रमका बीच सहमती पत्रमा हस्ताक्षर भएको हो । महासंघको प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इण्डिया अन्तराष्ट्रिय चेम्वरका अध्यक्ष एम्वेसडर अनिल त्रिगुनायतले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आपसी सहमति अनुसार आवश्यक व्यवसायिक सूचनाको आदान प्रदान गर्ने, सहयोग प्रवद्र्धन गर्ने, कृषि क्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका क्रियाकलाप गर्ने, पालैपालो एक अर्का देशमा व्यवसायिक भेटवार्ता गर्ने, व्यवसायिक भ्रमणको आदान प्रदान लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति पत्रमा उल्लेख छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष राणाले दुई देश बीचको व्यवसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तार सहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमति कोशेढुंगा हुने विश्वास प्रकट गरिन् ।

यसैगरी, भारतीय राजदुतावासका वाणिज्य सचिव कपिलध्वजप्रताप सिंले दुवै देशका उवासंघहरू बीच भएको सहमतिको सराहना गर्दै यसले आपसी सम्बन्धलाई मजवुद बनाउनुको साथै थप उचाईमा पुर्याउने विश्वास प्रकट गरे ।

उक्त अवसरमा महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, महासंघको मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

Share News