भन्सार र अन्तः शुल्कको दोहोरो मारमा उद्योगी, कुनमा कति कति बढ्याे ?

<p>काठमाडौं । आर्थिक विधेयक-२०७६ ले मदिरा उत्पादकहरू करको दोहोरो मारमा परेका छन् । मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ‘स्पिट’ मा गरिएको भन्सार महसुल र उत्पादनमा लगाइएको अन्तः शुल्कले उद्योगीहरू दोहोरो मारमा परेका नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि के.सीले बताए । ‘रक्सीको कच्चा पदार्थमा ६० प्रतिशतले भन्सार महसुल बढाइएको छ भने अन्तःशुल्क १० प्रतिशतले बढाइएको [&hellip;]</p>

काठमाडौं । आर्थिक विधेयक-२०७६ ले मदिरा उत्पादकहरू करको दोहोरो मारमा परेका छन् । मदिरा उत्पादन गर्ने कच्चा पदार्थ ‘स्पिट’ मा गरिएको भन्सार महसुल र उत्पादनमा लगाइएको अन्तः शुल्कले उद्योगीहरू दोहोरो मारमा परेका नेपाल मदिरा उत्पादक संघका अध्यक्ष रवि के.सीले बताए ।

‘रक्सीको कच्चा पदार्थमा ६० प्रतिशतले भन्सार महसुल बढाइएको छ भने अन्तःशुल्क १० प्रतिशतले बढाइएको छ ।’ रक्सीको भन्सार महसुल ३७ प्रतिशतले बढेको छ । यसमा १० प्रतिशतले अन्तःशुल्क बढेको छ । यसले मदिराको मूल्य बढ्ने उनले बताए ।

नेपाली बजारमा खपत हुने ६० प्रतिशत घरेलु मदिरा हो भने ४० प्रतिशतमात्रै फिनिसिङ मदिरा भएको हो । नेपालमा अन्तःशुल्कको इजाजत लिएर ७० वटा उद्योगले मदिरा उत्पादन गर्दै आएका छन् । घरेलु बजारमा करिब चार करोड लिटर आयात हुने गरेको छ भने घरेलु मदिरा उत्पादनमा करिब ६ करोड लिटर स्पिट खपत हुने गरेको छ ।

अन्तः शुल्कमा मात्रै दर्ता हुँदै आएका मदिराजन्य उद्योगहरू अब अनिवार्य मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने भएको छ । घरेलु होस् या औद्योगिक अब दुबै मदिरा उत्पादक भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था आर्थिक विधेयक–२०७६ ले गरेको हो ।

मदिरा उत्पादन गर्दै आएका उद्योगहरूमध्ये ६० प्रतिशत दर्ता नभएको र उनीहरूले कर पनि नतिर्ने गुनासो व्यवसायीले गर्दै आएका थिए । यस अघि डिष्ट्रिव्युटरलाई मात्र अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था थियो ।

सरकारले सुर्तीजन्य पदार्थमा अन्तःशुल्कमा १२ प्रतिशतले वृद्धि गरेको छ । गत वर्षको आर्थिक विधेयकले सुर्तीजन्य कच्चा पदार्थमा ५० प्रतिशतले भन्सार महसुल बढाएको थियो । यो वर्ष १० प्रतिशतले बढाएको छ,’ केसीले भने ‘यस वर्ष नबढाएको भए राम्रो हुन्थ्यो ।’

गत वर्ष ५० प्रतिशत बढ्दा उद्योगहरू थला परेका थिए । यस वर्ष थोरै बढेको छ,’ उनले भने ‘यसले केही राहत मिलेको छ ।’ यद्यपी भन्सार महसुल नबढाएको भए उद्योगहरू स्वस्थ हुन पाउने थिए । त्यस्तै आर्थिक विधेयकले सिमेन्ट र डन्डीमा १० प्रतिशत अन्तःशुल्क वृद्धि गरेको छ । फलफूल जुस र ड्राइफुडमा अन्तः शुल्क र भन्सार दुबै वृद्धि भएको छ ।

आयातित मदिराको हकमा उल्लेखित दरबन्दीमा तोकिएको अल्कोहलको मात्रामा एक प्रतिशतसम्म फरक भएमा सोही दरबन्दी लाग्नेछ । यद्यपी एक प्रतिशतभन्दा बढी फरक भएमा नजिकको उच्चदरको दरबन्दी अनुसार अन्तःशुल्क लाग्ने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

मदिरामा कति अन्तःशुल्क ?

  • अल्कोहल रहित वियर दुई रुपैयाँले बढेर १७ रुपैयाँ ।
  • इनर्जी ड्रिक्सः ५ ले वृद्धि भएर ३० रुपैयाँ ।
  • जौबाट बनेको वियरः १५० रुपैयाँबाट १६५ पुग्यो ।
  • १७ प्रतिशतसम्म अल्कोहल भएको मदिरा प्रतिलिटर ३५ रुपैयाँले बढेर ३७० रुपैयाँ ।
  • १७ प्रतिशतभन्दा माथि अल्लोहल भएको मदिरामा प्रतिलिटर ४० रुपैयाँले बढेर ४३० रुपैयाँ पुग्यो ।
  • १२ प्रतिशत अल्कोहल भएको पैठारी मदिरामा ३५ रुपैयाँमा ३७० रुपैयाँ पुग्यो ।
  • स्वदेशमा उत्पादिन फलफूलबाट बनेको १२ प्रतिशतसम्म अल्कोहल भएको वाइन( प्रतिटिलरको १५ रुपैयाँले बढेर १३५ रुपैयाँ ।
  • छ्याङ ( कन्ट्री वियर) प्रतिलिटर पाँच रुपैयाँले बढेर ३५ रुपैयाँ ।
  • सेम्पेन, सेरी, मिड, पेरि लगायत विदेशमा उत्पादित साइडर प्रतिलिटरमा ४० रुपैयाँले बढेर ४३० रुपैयाँ ।
  • स्वदेशमा उत्पादिन साइडर प्रतिलिटरमा २० रुपैयाँले बढेर १८० रुपैयाँ ।
  • डिनेचर्ड स्प्रिट ८० देखि ९९ प्रतिशतसम्म अल्कोहल भएको दुई रुपैयाँले बढेर १७ रुपैयाँ ।
  • सबै प्रकारका मादक पदार्थहरू स्प्रीट सहित प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेर १६५ रुपैयाँ ।
  • १५ यु.पी शक्तिको ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा( प्रतिलिटर १२१ रुपैयाँले बढेर १३२५ रुपैयाँ ।
  • २५ यु.पी शक्ति भएको ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा ९२ रुपैयाँले बढाएर ९९० रुपैयाँ ।
  • ३० यु.पी शक्तिको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा(प्रतिलिटर ८२ रुपैयाँले बढाएर ९२० रुपैयाँ ।
  • ३० यु.पी शक्ति भएको ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा प्रतिएलपी लिटरमा २१९ रुपैयाँले बढाएर १३१५
    रुपैयाँ ।
  • जीन र जेनेभाको कच्चा पदार्थमा १५ रुपैयाँले बढेर १६५ रुपैयाँ ।
  • भोडको कच्चा पदार्थको रुपमा १५ रुपैयाँले बढेर १६५ रुपैयाँ ।
  • ४० युपी शक्तिको ३४.२३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिएलपी लिटर ७० रुपैयाँले बढेर ७७० रुपैयाँ ।
  • ५० यु.पी शक्तिको २८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिएलपी लिटर ६६ रुपैयाँले बढेर ७५० रुपैयाँ ।
  • ७० यु.पी शक्तिको १७.१२ प्रतिशत अल्कोहलको मात्रा भएको मदिरा प्रतिएलपी लिटर १२ रुपैयाँले बढेर ११५ रुपैयाँ ।

स्रोतः आर्थिक विधेयक-२०७६

Share News