
काठमाडौ । सरकारले आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत बीमाको संस्थागत र प्रणालीगत सुधारमा गर्ने भएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै कृषी बीमालाई सहज बनाउन आगामी आवमा सरकारले घुम्ती बीमा कार्यक्रम संचालन गर्ने उल्लेख गरे ।
यस्तै हालको पूनर्बीमा नीतिमा परिमार्जन गरेर विदेशी कम्पनीहरुलाई समेत नेपालमै पूनर्बीमा गर्ने वातावरण निमार्ण गर्ने बताइएको छ । भुक्तानी प्रणालीको भने फरफारक समेत नेपालमै हुने व्यवस्था गरिएको छ ।
साथै, नगद प्रणालीको झण्झट हटाउन सरकारले सुरक्षित कार्ड र ईन्टरनेट मार्फत कारोबार गर्ने व्यवस्था सुचारु गर्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ ।