काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतसम्म आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।
चालु आर्थिक वर्षमा ८ प्रतिशतको लक्ष्य लिएको सरकारले ७ प्रतिशतको मात्रै आर्थिक वृद्धि हासिल हुने संशोधित अनुमान गरेकोमा सो आकारको वृद्धिदरको लक्ष्य लिएको हो ।
त्यस्तै, सरकारले आगामी वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने तथा मुद्रास्फीति ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।